BIZMANDU
www.bizmandu.com

ग्राहकलाई फुड र वेभरेजमा १० प्रतिशत छुट दिन मुक्तिनाथ विकास बैंकको सम्झौता

२०७९ मंसिर १९

ग्राहकलाई फुड र वेभरेजमा १० प्रतिशत छुट दिन मुक्तिनाथ विकास बैंकको सम्झौता
ग्राहकलाई फुड र वेभरेजमा १० प्रतिशत छुट दिन मुक्तिनाथ विकास बैंकको सम्झौता


काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बसुन्धराको 'द डालो रेष्ट्रो' रेस्टुरेन्टसँग सम्झौता गरेको छ।

Tata
Global Ime

जसअनुसार, फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशतसम्म छुट पाइने छ।

बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले रेष्ट्रोमा फुड एण्ड बेभरेजमा छुट पाउने छन्।  

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्गआदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।