BIZMANDU
www.bizmandu.com

सामसङ इलेक्ट्रोनिक्सको पहिलो महिला अध्यक्ष बनिन् ली योङ हि, मोबाइल व्यापार हेर्ने

२०७९ मंसिर १९

सामसङ इलेक्ट्रोनिक्सको पहिलो महिला अध्यक्ष बनिन् ली योङ हि, मोबाइल व्यापार हेर्ने
सामसङ इलेक्ट्रोनिक्सको पहिलो महिला अध्यक्ष बनिन् ली योङ हि, मोबाइल व्यापार हेर्ने



काठमाडौं। सामसङ इलेक्ट्रोनिक्सले ली योङ हिलाई कम्पनीको अध्यक्षमा बढुवा गरेको छ। सोमबार सामसङ इलेक्ट्रोनिक्सले ली योङलाई मोबाइल व्यापार हेर्ने ग्लोबल मार्केटिङ अध्यक्षमा प्रमोट गरेको जानकारी दिएको छ। 

Tata
Global Ime

ली योङलाई सामसङले ग्लोबल मार्केटिङ सेन्टर फर सामसङ डिभाइस एक्सपेरियन्ट (डीएक्स) डिभिजनको अध्यक्षमा बढुवा गरेको छ। सामसङको यो डिभिजनले मोबाइल व्यापार हेर्छ। 

कम्पनीले योग्य महिलाहरुलाई उच्च पदमा स्थापित गर्ने आफ्नो रणनीति अनुरुप उक्त निर्णय गरेको बुझिएको छ। 
ली योङ सामसङको पहिलो महिला अध्यक्ष हुन्। सामसङले आफ्नो संस्थापक परिवारभन्दा बाहिरको व्यक्तिलाई अध्यक्षमा नियुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।   

सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको निधन पछि उनकी पहिलो छोरी ली बु जिन अहिले कम्पनीको अध्यक्ष छिन्। सँगै उनी सामसङको सहायक लगानी रहेको होटल सिल्लाको प्रमुख कार्यकारी छिन्।   

ली योङ हिले टेक जायन्ट सामसङमा सन् २००७ मा प्रवेश गरेकी थिइन्। सन् २०१२ मा उनलाई उपाध्यक्षमा बढुवा गरिएको थियो।