BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्य उकालो लाग्ने क्रममा ब्रेक, सुन तोलाको ६ सय घट्यो, चाँदीमा ३५ रुपैयाँको गिरावट

२०७९ मंसिर २०

सुनचाँदीको मूल्य उकालो लाग्ने क्रममा ब्रेक, सुन तोलाको ६ सय घट्यो, चाँदीमा ३५ रुपैयाँको गिरावट
सुनचाँदीको मूल्य उकालो लाग्ने क्रममा ब्रेक, सुन तोलाको ६ सय घट्यो, चाँदीमा ३५ रुपैयाँको गिरावट


काठमाडौं। लगातार बढेर तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार केही घटेको छ।  प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको सुनको मूल्यमा ६ सय रुपैयाँ घटेको हो।

Tata
Global Ime

कारोबार मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनचाँदी दुवैको कारोबार मूल्य ६ महिनापछि अन्तर्राष्ट्रिय बजारमै बलियो भइरहेको छ। 

आइतबार प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएको मूल्यमा सोमबार ४ सय रुपैयाँको बढोत्तरी थियो। सुनसँगै महँगिएको चाँदी चाँदी पनि तोलामा ३५ रुपैयाँ घटेको छ। कारोबार मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ भएको छ। 

यसअघि साताको पहिलो दिनका तुलनामा १५ रुपैयाँ बढ्दा सोमबार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।   

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्यमा गिरावट देखिएको छ। सोमबार प्रतिऔंस १८०८.४६ डलर पुगेको सुन घटेर १७७०.३३ डलरमा कारोबार भइरहेको छ। चाँदी पनि घटेर प्रतिऔंस २२.३९ डलरमा भएको छ। सोमबार बढेर २३.७६ डलर प्रतिऔंससम्म पुगेको थियो।