BIZMANDU
www.bizmandu.com

बेलायतमा बनेको अफ रोड इलेक्ट्रिक गाडी ‘मुन्रो एमके-१’, ग्राउन्ड क्लियरेन्स ४८० एमएम

२०७९ मंसिर २०

बेलायतमा बनेको अफ रोड इलेक्ट्रिक गाडी ‘मुन्रो एमके-१’, ग्राउन्ड क्लियरेन्स ४८० एमएम
बेलायतमा बनेको अफ रोड इलेक्ट्रिक गाडी ‘मुन्रो एमके-१’, ग्राउन्ड क्लियरेन्स ४८० एमएम


काठमाडौं। बेलायतमा बनेको अफ रोड इलेक्ट्रिक मुन्रो एमके- १ गाडी सार्वजनिक भएको छ।यो स्कटिस ब्रान्ड मुन्रोले ल्याएको हो।

Tata
Global Ime

यो गाडीमा ल्यान्ड रोभर डिफेन्डर जस्तै फोर ह्वील ड्राइभको सुविधा उपलब्ध छ। यस्तै यसमा फ्रन्ट र रियर एक्सेल राखिएको छ। सेन्टरल लकिङका साथै फ्रन्ट र रियर लकिङ विकल्पका रुपमा राखिएका छन्।

कम्पनीले दुईवटा मोटर विकल्पमा बजारमा ल्याएको छ। जसमा २२० किलोवाट र २८० किलोवाट क्षमताको रहेको छ। यस्तै यसमा ६१ किलोवाट र ८२ किलोवाट ब्याट्री प्याक उपलब्ध छ। जसले एक पटकको फुल चार्जमा ३०५ किलोमिटर ड्राइभ गर्न सकिन्छ।

यो ब्याट्रीहरु फाष्ट चार्जरबाट फुल चार्ज हुन ३० मिनेटको मात्र समय लाग्छ। यस्तै ७ किलोवाटको एसी चर्जरले गर्दा रातभरीमा फुल चार्ज हुने कम्पनीले जनाएको छ।

यो गाडीको वजन ३५०० किलो छ भने यसले १ हजार किलो क्षमता बोक्न सक्छ। यसको ग्राउन्ड क्लियरेन्स ४८० एमएम रहेको छ। यो अफ रोडका लागि ग्राउन्ड क्लिरियन्स एकदम राम्रो हो।

यसमा २ वटा युएसबी सकेट र दुई वटा वायरलेस चार्जरको पनि सुविधा छ। यसमा भएको आउट पुटले लाइट तथा पानीहरु तताउने केटलहरु जोइन गर्न सकिन्छ।

यो गाडीमा ६ वटा स्पिकरहरु राखिएका छन्। यसमा एन्ड्रोइड अटो र एप्पल कारप्लेको पनि व्यवस्था गरिएको छ।

यो गाडी २०२३ सम्ममा ५० युनिट वटा निर्माण हुने कम्पनीले जनाएको छ। त्यसपछि कम्पनीले हरेक वर्ष २५० युनिटभन्दा धेरै मुन्रो निर्माण गर्ने बताएको छ। यस्तै कम्पनीले मुन्रो एमके-१ सन् २०२७ सम्ममा २५०० युनिट बिक्री गर्ने लक्ष्य राखेको छ। यसको मूल्य ५९ हजार ९९५ युरो तोकिएको छ। यो नेपाली ८२ लाख रुपैयाँ हो।