BIZMANDU
www.bizmandu.com

सेग्वेले काठमाडौं उपत्यकामा १० वटा चार्जिङ स्टेसन जडान गर्दै, इभी चड्नेहरुलाई सुविधा थपिने

२०७९ मंसिर २०

सेग्वेले काठमाडौं उपत्यकामा १० वटा चार्जिङ स्टेसन जडान गर्दै, इभी चड्नेहरुलाई सुविधा थपिने
सेग्वेले काठमाडौं उपत्यकामा १० वटा चार्जिङ स्टेसन जडान गर्दै, इभी चड्नेहरुलाई सुविधा थपिने


काठमाडौं। सेग्वे नाइनबटले विद्युतीय सवारीसाधन प्रयोगलाई प्रवर्द्धन गर्न काठमाडौं उपत्यकाभर १० वटा चार्जिङ स्टेसन जडान गर्ने घोषणा गरेको छ। कम्पनीले एक विज्ञप्ती जारी गर्दै उपत्यकाभर १० वटा चार्जिङ स्टेसन जड्ने जनाएको छ।

Tata
Global Ime

कम्पनीका अनुसार यी चार्जिङ स्टेसनहरूमा छिटो चार्ज हुने फास्ट- चार्जरको व्यवस्था गरिने छ। जसका कारण न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा पाउने विश्वास कम्पनीको छ।

सेग्वे इ-स्कुटरका चालकहरुले कम चार्जको बारेमा चिन्ता र डर बिना लामो दूरीको यात्रा गर्न सक्ने जनाएको छ। सेग्वे ब्राण्डको सवारीसाधनको आधिकारिक वितरक आइहब प्रालिले भक्तपुर, ललितपुर र काठमाडौंका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेसन जडान गर्नेछ। 

सेग्वे नाइनबटले दुईपाङ्ग्रे सेल्फ- ब्यालेन्सिङ निजी सवारी साधनहरू हालै बजारमा ल्याएको छ।