BIZMANDU
www.bizmandu.com

सस्तोडिलले आइपीओ जारी गर्ने, एनआइबिएल एस क्यापिटलसँग सम्झौता, आइएमईको पनि लगानी

२०७९ मंसिर २०

सस्तोडिलले आइपीओ जारी गर्ने, एनआइबिएल एस क्यापिटलसँग सम्झौता, आइएमईको पनि लगानी
सस्तोडिलले आइपीओ जारी गर्ने, एनआइबिएल एस क्यापिटलसँग सम्झौता, आइएमईको पनि लगानी



काठमाडौं। इ-कमर्स कम्पनी सस्तोडिलले आइपीओ जारी गर्ने भएको छ। कम्पनी र एनआइबिएल एस क्यापिटल लिमिटेडबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ। 

Tata
Global Ime

सम्झौताले सस्तोडिललाई नाफामुखी संस्था बन्न र सार्वजनिक निष्काशनमा जाने बाटो खोल्नेछ। दुई कम्पनीबीच आइतबार सम्झौता भएको हो।

सम्झौतामा एनआइबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र सस्तोडिलको तर्फबाट संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले हस्ताक्षर गरेका छन्।

सो अवसरमा एनआइबिएल एसका सीइओ पाँडेले नेपालको अर्थतन्त्र र व्यवसायमा इ-कमर्स प्लाटफर्म सस्तोडिलले आमूल परिवर्तन गर्न सक्षम रहेको बताए।

सस्तोडिलका संस्थापक तथा सीइओ थापाले एनआइबीएल एसको सहकार्यमा सस्तोडिल नेपालका साथै विदेशमा समेत परिचित ब्रान्डको रुपमा स्थापित हुने लक्ष्य लिएको बताए।

सस्तोडिलमा डोल्मा इम्प्याक्ट फन्ड, रमेश कर्प, आइसीटीसी समूह र आइएमई समूह लगायतको मुख्य लगानी छ। साथै फ्ल्पिकार्ट तथा मिन्त्रा जस्ता अन्तर्राष्ट्रिय रणनीतिक साझेदारहरू पनि छन्। 

प्लाटफर्ममा लाखौं ग्राहक, सयौं ब्रान्ड र बिक्रेताहरू आवद्ध रहेको कम्पनीले जनाएको छ। हाल सस्तोडिलको १ करोड भन्दा बढी प्रयोगकर्ता छन्। 

कम्पनीले नेपालभरका ३५ सय साना तथा मझौला उद्योगहरुलाई सूचनामैत्री बनाउन साझेदारी गरेको छ। कोभिड-१९ पछि सस्तोडिलले नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समेत सहकार्य गर्दै आएको छ।