BIZMANDU
www.bizmandu.com

लगानीकर्ताहरुको मनोबल नफर्किंदा मंगलबार पनि घट्यो नेप्से, कारोबार रकममा पनि ह्रास

२०७९ मंसिर २०

लगानीकर्ताहरुको मनोबल नफर्किंदा मंगलबार पनि घट्यो नेप्से, कारोबार रकममा पनि ह्रास
लगानीकर्ताहरुको मनोबल नफर्किंदा मंगलबार पनि घट्यो नेप्से, कारोबार रकममा पनि ह्रास


काठमाडौं। सेयर लगानीकर्ताहरुको मनोबल बढ्न नसक्दा सेयर बजार मंगलबार पनि घटेको छ। आज नेप्से ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा ओर्लिएको छ। 

Tata
Global Ime

बजारका जानकारहरुका लामो समयदेखि कायम भएको उच्च ब्याजदर नघट्दा लगानीकर्ताहरुको मनोबल पुनरागम हुन नसकेको बताउँछन्। 

'चुनावपछि पैसा बैंकिङ प्रणालीमा आउँदा निक्षेप केही बढेको छ। बजारमा नगद प्रवाह पनि बढेको छ। तर तत्काल ब्याजदर घट्ने अवस्था देखिँदैन। त्यसैले अहिले लगानीकर्ताहरुको मनोबल कमजोर बनेको हो,' इन्भेष्टर फोरमका अध्यक्ष तुलसी राम ढकालले भने।

यस्तै, निर्वाचन सकिए पनि लगानीकर्ताहरु देशको आगामी बाटो कस्तो हुन्छ भन्ने बारे पर्ख र हेरको अवस्थामा छन्। अब कसको सरकार आउँछ ?, नयाँ सरकार कस्तो हुन्छ? र त्यो सरकार कसरी अघि बढ्छ भन्ने अन्योल रहेकाले पनि त्यसको असर बजारमा देखिएको ढकालको भनाइ छ।

मंगलबार नेप्से परिसूचकमा आएको गिरावटसँगै कारोबार पनि घटेको छ। सोमबार नाफा बुक गर्ने बिक्रताको चाप बढ्दा ह्वात्तै बढेको कारोबार रकम आज ९६ करोड रुपैयाँमा खुम्चिएको छ। सोमबार १ अर्ब ६७ करोडको सेयर किनबेच भएको थियो।

आज कारोबारका आधारमा शिवम् सिमेन्ट र एचडिएल अग्रस्थानमा छन्। शिवम् सिमेन्टको ८ करोड भन्दा बढी र एचडिएलको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ।