BIZMANDU
www.bizmandu.com

शिखर पावरले सुरु गर्‍यो आइपीओ जारी गर्ने प्रक्रिया, करिब १० लाख कित्ता निष्कासन गर्दै

२०७९ मंसिर २०

शिखर पावरले सुरु गर्‍यो आइपीओ जारी गर्ने प्रक्रिया, करिब १० लाख कित्ता निष्कासन गर्दै
शिखर पावरले सुरु गर्‍यो आइपीओ जारी गर्ने प्रक्रिया, करिब १० लाख कित्ता निष्कासन गर्दै


काठमाडौं। शिखर पावर डेभलपमेन्ट लिमिटेडले प्राथामिक सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई प्रति कित्ता १०० रुपैयाँका दरले ९ लाख ९२ हजार ५८० कित्ता साधारण सेयर निष्कासन गर्दैछ।

Tata
Global Ime

यसका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ। अहिले कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ छ। जारी पुँजी ३३ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

संस्थापक समूहको ७० प्रतिशत सेयर रहेको कम्पनीमा १० जना संस्थापक सेयरधनीहरुबाट २३ करोड १६ लाख बराबरको सेयर पुँजी उठाइसकेको छ। 

कम्पनीले बागलुङको बडिगाड गाउँपालिकास्थित 'भिमखोला साना जलविद्युत आयोजना (४.९६ मेवा)' निर्माणधीन छ। यो आयोजनाको करिब ६५ प्रतिशत काम सकिएको छ। 

कम्पनीले सोही आयोजनाको क्यास्केड आयोजनाको रुपमा 'लोवर भिमखोला क्यास्केड जलविद्युत आयोजना (६.०५ मे.वा.)' पनि निर्माण गरिरहेको छ। कम्पनीले आगामी दिनमा अन्य जलविद्युत परियोजना, होटल, कृषि लगायतका क्षेत्रमा लगानी विस्तार गर्ने योजना रहेको कम्पनीका प्रबन्ध निर्देशक हेमराज आचार्यले बताए।