BIZMANDU
www.bizmandu.com

चुनावपछि बैंकहरुको निक्षेपमा राम्रो सुधार, साढे ११ अर्ब रुपैयाँ निक्षेप थपियो बैंकहरुमा

२०७९ मंसिर २१

चुनावपछि बैंकहरुको निक्षेपमा राम्रो सुधार, साढे ११ अर्ब रुपैयाँ निक्षेप थपियो बैंकहरुमा
चुनावपछि बैंकहरुको निक्षेपमा राम्रो सुधार, साढे ११ अर्ब रुपैयाँ निक्षेप थपियो बैंकहरुमा


काठमाडौं। मंसिर तेस्रो साता वाणिज्य बैंकहरुको निक्षेपले तीव्रता पाएको छ। मंसिर ४ गते सम्पन्न चुनावपछि बैंकहरुको निक्षेप बढ्दो छ।

Tata
Global Ime

चुनावी साता मात्रै बैंकहरुको निक्षेप ३ अर्ब रुपैयाँभन्दा बढीले बढेको थियो। कर्जा परिचालनमा पनि वृद्धि आएको थियो। मंसिर दोस्रो साता ३ अर्ब बढेर ४४ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको हो।      

त्यस यताको एक साता प्रणालीमा थप साढे ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। मंसिर १६ गतेसम्म बैंकहरुसँग कुल ४४ खर्ब ५७ अर्ब रुपैयाँ स्वदेशी मुद्राको निक्षेप छ। 

विदेशी मुद्राको निक्षेपमा पनि सामान्य वृद्धि आएको छ। कुल ४५ खर्ब ७३ अर्ब रुपैयाँ बैंकहरुसँग निक्षेप छ।

सो साता बैंहरुले एक अर्ब रुपैयाँ थप कर्जा पनि प्रवाह गरेका छन्। मंसिर १६ गतसम्म बैंकहरुले कुल ४२ खर्ब २३ अर्ब रुपैयाँ कर्जा परिचालन गरिसकेका छन्।