BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय बजारमा जाँदै त्रिशारा रेष्टुरेन्ट, एक वर्षभित्र अष्ट्रेलियामा आउटलेट खोल्दै

२०७९ मंसिर २१

अन्तर्राष्ट्रिय बजारमा जाँदै त्रिशारा रेष्टुरेन्ट, एक वर्षभित्र अष्ट्रेलियामा आउटलेट खोल्दै
अन्तर्राष्ट्रिय बजारमा जाँदै त्रिशारा रेष्टुरेन्ट, एक वर्षभित्र अष्ट्रेलियामा आउटलेट खोल्दै


काठमाडौं। त्रिशारा रेष्टुरेन्ट अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने भएको छ। एक वर्षभित्रै अष्ट्रेलियाको सिड्नीमा आफ्नो फ्रेन्चाइज विस्तार गर्न लागेको हो।

Tata
Global Ime

रेष्टुरेन्टका संचालक शोभनवीर मालाकारले एक वर्षभित्रै अष्ट्रेलियामा त्रिशाराको आउटलेट संचालनमा आउने जानकारी दिए। उनका अनुसार लाइभ म्युजिकसहितको रेष्टुरेन्ट खुल्नेछ।

'हामीले सिड्नीका लागि फ्रेन्जाइजी दिँदैछौं,' संचालक मालाकारले भने,' अबको एक वर्षभित्र अष्ट्रेलियामा त्रिशाराको चेन संचालनमा आउनेछ।'

हाल त्रिशाराको काठमाडौं र पोखरामा आउटलेट छन्। तीन महिनाभित्रै कुमारीपाटीमा नयाँ आउटलेट संचालनमा ल्याउने उनले जानकारी दिए।जावलाखेलस्थित चार सय जना अट्ने क्षमता रहेको यो आउटलेट सात हजार पाँच सय वर्गफिट क्षेत्रफलमा तयार गरिने उनले जानकारी दिए। लाजिम्पाटबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेको यो रेष्टुरेन्टले पोखरा, दरबारमार्ग, ठमेल, हात्तीबन ,गोल्फुटारमा आउटलेट खोलिसकेको छ।

यो रेष्टुरेन्ट सन् २०१० को नोभेम्बरमा लाजिम्पाटमा खुलेको थियो। त्रिशाराले बुधबारबाट ११ वर्ष पार गरेको छ।