BIZMANDU
www.bizmandu.com

ब्याजदर र चालु पुँजी कर्जामा सरकारले हस्तक्षेप गर्ने बताएपनि सेयर बजारको गिरावटमा लागेन ब्रेक

२०७९ मंसिर २१

ब्याजदर र चालु पुँजी कर्जामा सरकारले हस्तक्षेप गर्ने बताएपनि सेयर बजारको गिरावटमा लागेन ब्रेक
ब्याजदर र चालु पुँजी कर्जामा सरकारले हस्तक्षेप गर्ने बताएपनि सेयर बजारको गिरावटमा लागेन ब्रेक


काठमाडौं। सरकारले ब्याजदर र चालु पुँजी कर्जामा हस्तक्षेप गर्ने बताएपनि सेयर बजार घट्ने क्रममा बुधबार पनि रोकिएन। मौद्रिक समीक्षायता निरन्तर घटिरहेको सूचकले बुधबार पुन: दोहोरो अंक गुमाएको छ।

Tata
Global Ime

१९८० विन्दुसम्म उक्लिएको परिसूचक कारोबार बन्द हुँदा १९ सय विन्दु नजिक आइपुगेको छ। 

निजी क्षेत्र ब्याजदर र चालु पुँजी कर्जालाई लिएर प्रताडित भएपछि मंगलबार बसेको कामचलाउ सरकारको मन्त्रिपरिषद बैठकमा यसबारे छलफल भएको थियो। सेयर लगानीकर्ता र निजी क्षेत्रको प्रमुख मागलाई प्रधानमन्त्री आफैंले सम्बोधन गर्ने आश्वासन दिएका थिए। तर, यसले पनि सेयर बजारको ओरालो यात्रामा ब्रेक लगाउन सकेन।  

बजारले लय मोडेको सुइँको पाएलगत्तै बिक्रेताहरु सक्रिय भएका छन्। अघिल्लो दिन सामान्य गिरावटमा सुस्ताएको कारोबार बुधबार भने तीव्र छ। मंगलबार एक अर्ब पनि ननाघेको कारोबार रकम आज डेढ अर्ब रुपैयाँ कटेको छ।   

सरकारले मंगलबार राति करिब आठ महिनादेखि जारी आयात प्रतिबन्ध पनि खुकुलो बनाएको छ। जसले व्यवसायीहरु उत्साहित छन्। तर बजार माग पहिले जस्तो नहुँदा केही गुनासो पनि छ।

सरकारले गाडी, मदिरा, मोबाइल र १५० सीसीमाथिका बाइकमा लगाएको प्रतिबन्ध खुलाउने भएको छ। पुसदेखि लागु हुने गरी खुला गर्ने निर्णय गरेको हो।

यसले सेयर बजारमा भित्रिने रकमलाई रोक्छ। यद्दपि राष्ट्र बैंकले लगाएको शतप्रतिशत मार्जिनको व्यवस्था अझै खुकुलो बनाएको छैन। जसले गर्दा व्यवसायीहरु पूर्ण रुपमा सन्तुष्ट बन्न सकेका छैनन्।

सेयर बजारका जानकारहरु आयातले बाह्य क्षेत्रको स्थायित्वलाई कमजोर बनाउने जिकिर गर्छन्। पछिल्लो समय सेयर बजार नीतिगत हेरफेरभन्दा अर्थतन्त्रका समष्टिगत सूचकांकको अवस्थामा बढी निर्भर देखिन्छ।

दुई वर्षदेखि जीर्ण बन्दै गएको बाह्य क्षेत्रमा सुधार आएपछि सेयर बजारले वृद्धिलाई निरन्तर जारी राखेको थियो।