काठमाडौं। विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ।
लघुवित्तले सोमबार निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्दै एफपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ।
निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको लघुवित्तले ५१ हजार २९३ कित्ता एफपीओ जारी गर्ने छ।
निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतामा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्य र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका हुन्।