BIZMANDU
www.bizmandu.com

दुईतर्फी हवाई उडान सुरु गर्न अमेरिकाले गर्‍यो खुला आकाश नीति व्यवस्थाको प्रस्ताव

२०७९ मंसिर २१

दुईतर्फी हवाई उडान सुरु गर्न अमेरिकाले गर्‍यो खुला आकाश नीति व्यवस्थाको प्रस्ताव
दुईतर्फी हवाई उडान सुरु गर्न अमेरिकाले गर्‍यो खुला आकाश नीति व्यवस्थाको प्रस्ताव


काठमाडौं। दुईतर्फी उडान सम्झौता गर्न अमेरिकाले नेपाललाई खुला आकाश नीति लागू गर्न प्रस्ताव गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो नीति अवलम्बन गर्न गृहकार्य सुरु गरेको एटिसी अफिसर मुकेश डंगोलले बताए। 

Tata
Global Ime

हालसम्म इन्टर्मिडिएट पोइन्ट अन्तर्गत दुईतर्फी यात्रु उडान सम्झौता गर्दै आएको नेपालले कार्गो उडानका लागि भने खुला आकाश नीति लागु गर्दै आएको उनले जानकारी दिए। 

नेपालले हालसम्म इन्टर्मिडिएट पोइन्ट मार्फत उडान स्वीकृति दिँदै आएको छ। नेपाल र अष्ट्रेलिया उडानका लागि नयाँ दिल्लीबाहेक अरु पोइन्ट मार्फत दिइएको छ। 

नेपालले अमेरिकासँगै इन्डोनेसिया, स्विट्जल्याण्ड, रुवान्डालगायत मुलुकसँग दुइतर्फी हवाई सम्झौता प्रक्रिया अगाडि बढाइसकेको उनले बताए। 
इन्डोनेसियासँगको प्रक्रिया अन्तिम चरणमा रहेको उनले जानकारी दिए। दुईतर्फी उडानमार्फत पर्यटन प्रवर्द्धन हुने भएकाले यो सम्झौता फाइदाजनक रहेको उनी बताउँछन्। अष्ट्रेलिया उडान गर्दा इन्डोनेसिया हुँदै जाँदा थप प्रभावकारी हुने उनले बताए। 

यसैगरी रुवान्डासँगको प्रक्रिया पनि अगाडि बढिसकेको बताइएको छ। 'यो भन्दा अगाडि हाम्रो सम्झौता एउटा मात्र अफ्रिकी मुलुक इजिप्टसँग थियो। रुवान्डासँगको सम्झौता पुरा भएसँगै दुईवटा अफ्रिकी मुलुकमा पहुँच पुग्ने देखिन्छ,’ अधिकृत डंगोलले भने।

पछिल्लो समय मन्त्रालयले हवाई सञ्जाल विस्तारका लागि दुईतर्फी हवाई सम्झौता लक्षित नीति परिमार्जन गर्न लागेको उनले बताए। यसअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलाई पनि समावेश गर्ने उनले जानकारी दिए। 

दुईपक्षीय हवाई सम्झौतामार्फत उडान पहुँच विस्तारसँगै मुलुकको आर्थिक क्षमता विस्तार हुने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए। यसका लागि मुलुकको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी तयारी अवस्थामा रहन आवश्यक रहेको उनले जानकारी दिए। 

नागरिक उड्डयन सुरक्षा, राज्यको आर्थिक समृद्धि र पर्यटन प्रवर्द्धन विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको लामिछानेले बताए। 

सन् १९७४ डिसेम्बर ७ सिकागो कन्भेन्सनबाट सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले सन् १९९४ बाट आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ। नेपाल ६२ वर्षयता यो संगठनको सदस्य रहँदै आएको छ।