BIZMANDU
www.bizmandu.com

आइएमईको चाडपर्व लक्षित अफरको विजेता घोषित, मेखलाल तामाङले हात पारे १० लाख रुपैयाँ

२०७९ मंसिर २२

आइएमईको चाडपर्व लक्षित अफरको विजेता घोषित, मेखलाल तामाङले हात पारे १० लाख रुपैयाँ
आइएमईको चाडपर्व लक्षित अफरको विजेता घोषित, मेखलाल तामाङले हात पारे १० लाख रुपैयाँ


काठमाडौं। आइएमईले दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ बनेका छन्।

Tata
Global Ime

मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले १० लाख रुपैयाँ उपहार स्वरुप  पाएका छन्। 

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयरमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समयसमयमा ल्याउँदै आएको सेवाग्राहीमुखि अफरले नेपालमा रेमिटेन्स आप्रवाह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। आइएमई सबैको माया र विश्वास प्राप्त ब्राण्ड भएको उल्लेख गर्दै पौडेलले यो ब्राण्ड सबैसँग जोडियोस् र सबैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया सुरु भएको जानकारी दिए।

यस वर्षका पर्वहरूका अवसरमा आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित स्किम संचालनमा ल्याएको थियो। उक्त अफर २०७८ साल भदौ १६ गतेदेखि कात्तिक १६ सम्म कुल ९ हप्ता अर्थात ६३ दिनसम्म संचालन गरिएको कम्पनीले जनाएको छ।

अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एक जनालाई सामसङ मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिएको बताइएको छ।