BIZMANDU
www.bizmandu.com

नबिल बैंकले बिवाइडीका विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म ऋण दिने, डाउनपेमेन्ट २०% गरे पुग्ने

२०७९ मंसिर २२

नबिल बैंकले बिवाइडीका विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म ऋण दिने, डाउनपेमेन्ट २०% गरे पुग्ने
नबिल बैंकले बिवाइडीका विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म ऋण दिने, डाउनपेमेन्ट २०% गरे पुग्ने


काठमाडौं। नबिल बैंकले बिवाइडीका विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म ऋण दिने भएको छ। बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र नबिल बैंकबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

Tata
Global Ime

कम्पनीका अनुसार उक्त सम्झौतामा बिवाइडी कुनैपनि इभी खरिद गर्दा ग्राहकले ७ वर्षको अवधिका लागि नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन्।

बिवाइडीको इभी गाडी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बैंकका सबै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउने उक्त सम्झौतामा उल्लेख छ।

यसैगरी नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन बमोजिम उक्त ऋण प्रवाह गरिने बैंकले जनाएको छ। नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि उक्त सम्झौता गरेको बैंकले बताएको छ।