
काठमाडौं। वीरगंजको हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्रालि (क्लार्क रिसोर्ट) ले आइपीओ जारी गर्न एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
जसका लागि दुवै संस्थाबीच सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अन्तर्गत एनआइबिएल एस क्यापिटलले रिसोर्टलाई सर्वसाधारणलाई सेयर निष्कासन पूर्व, निष्कासनको अवधि र पछि गरी तीन चरणमा सेवा प्रदान गर्नेछ।
सम्झौतामा एनआइबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा हिमाल वाटरपार्कका निर्देशक सुनिलकुमार खेतानले हस्ताक्षर गरेका छन्।
होटलको संरचना १ लाख २२ हजार ४३०.४८ वर्गफिटमा फैलिएको छ। २०७३ देखि निमार्ण कार्य सुरु भएको होटल अहिले तयार छ।
हिमाल वाटरपार्क भारतको एक प्रसिद्घ होटल ब्रान्ड क्लार्क रिसोर्टको पहिलो अन्तर्राष्ट्रिय होटल चेन हो। क्लार्क रिसोर्टले भारतको जयपुर लखनऊ र आग्रामा पनि विभिन्न होटलहरु संचालन गरिरहेको छ।