BIZMANDU
www.bizmandu.com

३ सय किमिसम्म रेन्ज दिने वुलिङको विद्युतीय कार ‘एयर इभी’ नेपालमा, मूल्य २५ लाखदेखि

२०७९ मंसिर २२

३ सय किमिसम्म रेन्ज दिने वुलिङको विद्युतीय कार ‘एयर इभी’ नेपालमा, मूल्य २५ लाखदेखि
३ सय किमिसम्म रेन्ज दिने वुलिङको विद्युतीय कार ‘एयर इभी’ नेपालमा, मूल्य २५ लाखदेखि


काठमाडौं। इभी नेपाल मोटर्सले नेपाली बजारमा नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ। कम्पनीले इन्डोनेसियामा बनेको वुलिङ ब्रान्डको विद्युतीय कार एयर इभी ल्याएको हो।

Tata
Global Ime

इभी नेपाल मोटर्सले लेभनिङ ब्राण्डको इलेक्ट्रिक स्कुटर समेत आयत गरी कारोबार गर्दै आइरहेको छ। यो बज्र ग्रुप अन्तर्गतको अटोमोबाइल डिभिजन हेर्ने कम्पनी हो। वुलिङ ब्रान्ड चिनियाँ सवारी उत्पादक समूह एसएआइसी अन्तर्गतको हो। यो गाडी चीनमा सर्वाधिक बिक्री हुने विद्युतीय कारमा पर्छ।

इभी नेपाल मोटर्सले दुई पांग्रे विद्युतीय सवारी बिक्री गर्दै आएकोमा अब विद्युतीय गाडी पनि ल्याएको छ। वुलिङका एयर इभी विद्युतीय गाडीले एकपटकको फुल चार्जमा २०० देखि ३०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

सिटी ड्राइभिङका लागि उपयुक्त यो इलेक्ट्रिक कार ३० किलोवाट र ५० किलोवाट क्षमतामा उपलब्ध छ। वुलिङका कार ४ घण्टामा फुल चार्ज हुने दाबी गरिएको छ। यो कारमा कम्पनीले ८ वर्षको वारेन्टी दिएको छ।

एयर इभीमा भ्वाइस कमान्डिङ विशेषता रहेको छ। नेपाली उपभोक्ताले खरिद गर्न सक्ने मूल्यका साथ विशेषताले भरिएको विद्युतीय कार ल्याएको कम्पनीका एजीएम एनके सरदले जानकारी दिए। इभी नेपाल मोटर्सले २४ सै घण्टा सेवा उपलब्ध गराउने गरि तयार रहेको सरदको भनाइ छ।

त्यस्तै कम्पनीले बिहीबार बिलिङको कारसहित नक्सालमा थ्रीएस सेवा भएको शोरूम पनि उद्घाटन गरेको हो। नयाँ शोरुम संचलानमा आएसँगै ग्राहकले शोरुममै गएर गाडीको अवलोकन तथा टेष्ट ड्राइभ समेत गर्न सक्ने कम्पनीले जनाएको छ। वुलिङ एयर इभिको मूल्य २४ लाख ९९ हजारदेखि ३० लाख ९९ हजार रुपैयाँ तोकेको छ।