BIZMANDU
www.bizmandu.com

क्षमता विस्तारमा एयर इण्डिया, १५ महिनामा ३० वटा जहाज लिजमा लिएर उडान गर्ने

२०७९ मंसिर २२

क्षमता विस्तारमा एयर इण्डिया, १५ महिनामा ३० वटा जहाज लिजमा लिएर उडान गर्ने
क्षमता विस्तारमा एयर इण्डिया, १५ महिनामा ३० वटा जहाज लिजमा लिएर उडान गर्ने


काठमाडौं। एयर इण्डियाको स्वामित्व पुनः लिएसँगै टाटा समूहले ३० वटा जहाज लिजमा लिएर उडान संचालन गर्ने भएको छ। कम्पनीले १५ महिना भित्रै ३० वटा जहाज लिजमा लिएर अन्तर्राष्ट्रिय र आन्तरिक बजार हिस्सा ३० प्रतिशत कायम गर्ने उद्धेश्य रहेको जनाएको छ।

Tata
Global Ime

कम्पनीले २१ वटा एयरबस ३२०, चार वटा एयरबस ३२१, पाँचवटा बोइङ ७७७-२०० एलआर लगायत विभिन्न सिरिजको जहाज लिजमा लिन गृहकार्य सुरु गरेको छ। कम्पनीका अनुसार एयरबस ३२० सिरिजको जहाज आन्तरिक र मध्यम दुरिको उडानमा प्रयोग गर्नेछ। अन्तर्राष्ट्रिय उडान अन्तर्गत बोइङ ७७७ सिरिजको जहाज बिजनेस, प्रिमियम इकोनोमी र इकोनोमी गरी चार श्रेणीका लागि प्रयोग गर्ने जनाएको छ।

योसँगै कम्पनीले लामो समयदेखि ग्राउन्डेड रहेको १९ वटा जहाज उडान संचालनमा ल्याइसकेको छ।

'आफ्नो उडान संजाल विस्तार गर्नु नै हाम्रो मुख्य उद्धेश्य हो। नयाँ यात्रा सुरु भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय तर्फ एयर कनेक्टिभिटी र उडान संख्या विस्तारलाई जोड दिएका छौं,' कम्पनीका प्रबन्ध निर्देशक एवम् सीइओ क्याम्पबेल विलसनले भनेका छन्।

कम्पनीले सन् २०२३ को मध्यमा आफूसँग भएको एयरबस र बोइङको १२ वटा जहाज लिजमा दिने तयारी गरेको जनाएको छ। यसमध्ये ६ वटा बोइङको वाइडबडी र ६ वटा एयरबसको न्यारोबडी जहाज रहेको जनाइएको छ।