BIZMANDU
www.bizmandu.com

मायाखोला हाइड्रोपावरले सर्वसाधारणमा ३४% सेयर बिक्री खुला गर्‍यो, पहिलो चरणमा दुई वर्गलाई?

२०७९ मंसिर २३

काठमाडौं। मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुका लागि आजबाट साधारण सेयर जारी गरेको छ। कम्पनीले प्रभावित, रोजगारीमा गएका र सर्वसाधारणलाई गरेर ३४ प्रतिशत सेयर बिक्री खुला गरेको हो।

Tata
Global Ime

कम्पनीले पुस ८ गतेसम्म सेयर जारी गर्ने छ। आयोजना प्रभावितले सेयरमा कम्तिमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।

वैदेशिक रोजगारीमा गएकाले अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पुँजी एक अर्बको १० प्रतिशत सेयर आयोजना प्रभावितलाई छुट्याएको छ। यो सेयर संखुवासभाका विभिन्न गाउँपालिकाका बासिन्दाले पाउने छन्।

यसबाहेक कम्पनीले सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये १० प्रतिशत रोजगारीमा गएकालाई दिने छ। उनीहरुले २ लाख ४० हजार कित्ता पाउने छन्।