BIZMANDU
www.bizmandu.com

पाँचथर पावर कम्पनीले पहिलो लाभांश प्रस्ताव गर्‍यो, लगानीकर्तालाई नगदमा ६ करोड ७३ लाख ७५ हजार

२०७९ मंसिर २३

काठमाडौं।  पाँचथर पावर कम्पनीले पहिलो लाभांश प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

Tata
Global Ime

सञ्चालक समितिले सबै नगद दिन प्रस्ताव गरेको छ। कम्पनीले कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरेको हो। अहिले कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ छ।

चुक्ता पुँजीको ७ प्रतिशत ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ हुन्छ। सो रकम बराबर कम्पनीले नगद लाभांश दिने प्रस्ताव गरेको हो। यो करसहित हो

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।