BIZMANDU
www.bizmandu.com

मोरङको आर्जु राइस मिलले तोक्यो चैते धानको समर्थन मूल्य, प्रति मन नौ सय रुपैयाँ

२०७९ मंसिर २५

मोरङको आर्जु राइस मिलले तोक्यो चैते धानको समर्थन मूल्य, प्रति मन नौ सय रुपैयाँ
मोरङको आर्जु राइस मिलले तोक्यो चैते धानको समर्थन मूल्य, प्रति मन नौ सय रुपैयाँ


काठमाडौं। आर्जु राइस मिलले यो सिजनको चैते धानको समर्थन मूल्य प्रति मन नौ सय रुपैयाँ निर्धारण गरेको छ।

Tata
Global Ime

ओसको मात्रा २५ प्रतिशत कायम हुनुपर्ने प्रावधान रहेको धान किसानले मिलमा ल्याएको दुई दिनभित्रै बैंक खातामा रकम प्राप्त गर्न सक्ने मिलले जनाइएको छ।

मोरङको डाँगीहाटमा रहेको मिलले सरकारी समर्थन मूल्यभन्दा छुट्टै मूल्य तोकेर किसानका धान खरिद गर्दै आएको छ। किसानको बैंकमा क्रेडिट रेटिङ बढाउनका साथै खेतीपातीका लागि आवश्यक चालु पुँजीको जोहो गराउने उद्देश्यले खरिदबिक्रीको प्रणाली लागू गरिएको उद्योगले जनाएको छ।

मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपाली किसानबाहेक कहिँ कतैबाट धान नभित्र्याउने घोषणा गर्दै भने,'अर्बौ-खर्बौको खाद्यान्न आयातलाई अब हामी सबै मिलेर निरुत्साहित गर्नुपर्छ। खाद्यान्न आयातका नकारात्मक परिणाम थुप्रै छन्। विदेशी मुद्रा रित्तिनु, रोजगारमा कमीका साथै किसानका उत्पादनले सम्मानजनक मूल्य नपाउनु पनि हो।'

मिलका अनुसार हाल खेतीपातीको ४२ प्रतिशत धान खेतीले ओगटेको छ। यस अतर्गत अधिकांश उत्पादन वर्षे धानको हुने गरेको छ। धानको खेती वर्षमा दुईचोटि हुँदा किसानको थप आम्दानी र खाद्य सुरक्षामा पनि प्रभावकारी भूमिका रहने जनाइएको छ।

अहिले धेरैजसो किसानले मोटो चामलको उत्पादन र उपभोक्ताले मसिनो र लङ ग्रेन चामल खानामा प्रयोग हुँदै आएको र मिलले किसानलाई उपभोक्ताको रोजाइ अनुसार धानबाली लगाउन आग्रह गरेको जनाएको छ।

यो मिल अबको केही सातामै सञ्चालन आउन लागेको जनाइएको छ।