BIZMANDU
www.bizmandu.com

लुक्ला विमानस्थलको प्रतीक्षालय व्यवस्थापनमा आएनन् कम्पनी, दरखास्त दोस्रो पटक आह्‍वान

२०७९ मंसिर २५

लुक्ला विमानस्थलको प्रतीक्षालय व्यवस्थापनमा आएनन् कम्पनी, दरखास्त दोस्रो पटक आह्‍वान
लुक्ला विमानस्थलको प्रतीक्षालय व्यवस्थापनमा आएनन् कम्पनी, दरखास्त दोस्रो पटक आह्‍वान


काठमाडौं। लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलको कन्फेक्सनरी र प्रतीक्षालय व्यवस्थापनका लागि नागरिक उड्डयन प्राधिकरणले पुनः दर्खास्त आह्‍वान गरेको छ। यो कामको जिम्मा लिन कम्पनीहरु इच्छुक नदेखिँदा आकर्षित गर्न अवधि नै थप्ने भएको छ।

Tata
Global Ime

तीन वर्षका लागि जिम्मा दिँदै आएको प्राधिकरणले यो पटकबाट पाँच वर्षका लागि जिम्मेवारी दिने विमानस्थल प्रमुख द्वारिका अछामीले बताए।

'यसअघि पनि दर्खास्त आह्‍वान गर्दा कुनै पनि कम्पनीले चासो देखाएनन्। त्यसैकारण हामीले पुनः दर्खास्त आह्‍वान गरेका हौं,' उनले भने।

विमानस्थलस्थित उड्डयन कार्यालय टर्मिनल भवनको बिश्राम गृह, ८१ वर्गमिटर क्षेत्रफलमा रहेको क्यान्टिन सञ्चालन गर्न ठेक्का बन्दोबस्त गर्न प्राधिकरणले इच्छुक फर्म/कम्पनीका लागि दर्खास्त खुला गरेको हो।

नागरिक उड्डयन विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा व्यवस्था भए बमोजिम २१ दिनको म्याद दिइएको उनले बताए।

बोलपत्र फाराम खरिद तथा दर्ता गर्न कार्यालयबाट पाइने उनले जानकारी दिए।