BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्य अझ उक्लिँदै, सुन तोलाको १ लाख ५ सय, चाँदी १ हजार ४ सय रुपैयाँ पुग्यो

२०७९ मंसिर २५

सुनचाँदीको मूल्य अझ उक्लिँदै, सुन तोलाको १ लाख ५ सय, चाँदी १ हजार ४ सय रुपैयाँ पुग्यो
सुनचाँदीको मूल्य अझ उक्लिँदै, सुन तोलाको १ लाख ५ सय, चाँदी १ हजार ४ सय रुपैयाँ पुग्यो


काठमाडौं। सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार तोलाको १ लाख ३ सय मा कारोबार भएको सुनको मूल्यमा साताको पहिलो दिन बढोत्तरी २ सय रुपैयाँको मात्रै हो।

Tata
Global Ime

तर सुनचाँदीको मूल्य गत सातादेखि क्रमिक बढिरहेको छ। ६ महिनापछि सुनको मूल्य पुनः लगातार उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गत वैशाखमा कारोबार मूल्य तोलाको एक लाख नाघेको थियो। 

गत बुधबार तोलाको ९९ हजार ३ सयमा कारोबार भएको सुन बिहीबार प्रतितोला ९९ हजार ७ सय भएको थियो। चाँदी पनि सुनसँगै लगातार महँगिएको छ। आइतबार चाँदी कारोबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।  

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य क्रमिक बलियो भएको छ। गत शुक्रबार प्रतिऔंस १७९६.६४ डलरमा कारोबार भएको सुन १७९७.३५ डलर भएको छ। 

गत साताको अन्तिम दिन प्रतिऔंस २३.०३ डलरमा कारोबार भएको चाँदी आइतबार २३.४८ डलर पुगेको छ।