BIZMANDU
www.bizmandu.com

आन्तरिक राजस्व विभागबाट बिदा भए शाक्य, अर्थको बजेट महाशाखाको जिम्मेवारी पाउने

२०७९ मंसिर २५

आन्तरिक राजस्व विभागबाट बिदा भए शाक्य, अर्थको बजेट महाशाखाको जिम्मेवारी पाउने
आन्तरिक राजस्व विभागबाट बिदा भए शाक्य, अर्थको बजेट महाशाखाको जिम्मेवारी पाउने


काठमाडौं। आन्तरिक राजस्व विभागबाट सहसचिव रितेश शाक्य बिदा भएका छन्। शाक्यलाई आइबार विभागले बिदाई गरेको हो।

Tata
Global Ime

शाक्य जर्मनी भ्रमणमा रहँदा नै सरुवा भएका थिए। जर्मनीबाट शुक्रबार फिर्किएका शाक्यलाई विभागले आइतबार बिदाई गरेको हो।

शाक्यले अब मन्त्रालयमा बजेट महाशाखाको जिम्मेवारी सम्हाल्ने छन्। उनको स्थानमा मन्त्रालयले दीर्घराज मैनालीलाई विभाग महानिर्देशकको जिम्मेवारी दिएको छ।

मन्त्रालयले बजेट महाशाखाका चक्रबहादुर बुढालाई भन्सार विभागका महानिर्देशक बनाउने तयारी गरेको छ। यस्तै भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई मन्त्रालय तान्ने तयारी गरेको छ। 

मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यावस्थापन कार्यालय प्रमुख समेत खाली रहेको छ। यो कार्यालयमा प्रमुखमा एक सहसचिव खटाइनेछ।