BIZMANDU
www.bizmandu.com

असन्तुष्टी पोख्दै कर्मचारीलाई सहरी मन्त्री चौधरीको प्रश्न, ‘काममा ढिलाई गर्दा कमिसन बढ्छ?’

२०७९ मंसिर २५

असन्तुष्टी पोख्दै कर्मचारीलाई सहरी मन्त्री चौधरीको प्रश्न, ‘काममा ढिलाई गर्दा कमिसन बढ्छ?’
असन्तुष्टी पोख्दै कर्मचारीलाई सहरी मन्त्री चौधरीको प्रश्न, ‘काममा ढिलाई गर्दा कमिसन बढ्छ?’


काठमाडौ। सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति गम्भीर असन्तुष्टी जनाएका छन्। मन्त्रालय सम्हालेपछि उपत्यकाभित्र निर्माणाधीन ठुला संरचनाहरुको एकसरो अनुगमन गरेका मन्त्री चौधरीले पुनः तीनै संरचनाहरुको अनुगमन सुरु गरेका हुन्।

Tata
Global Ime

शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरीक्षण लगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनिसँग छलफल गरेका छन्। 

‘काममा किन ढिलाई भइरहेको छ? पाँच महिना पछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाई गर्दा कमिसन बढ्छ?,' उनले प्रश्न गरे। मन्त्रीको प्रश्न सुनेर मुखामुख गरेका कर्मचारीले कोभिडका कारण ढिलाई भएको बताएका थिए। 

‘कोभिड त सकिएन र?’ लगत्तै मन्त्रीले प्रश्न गरे। 

‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर' कर्मचारीले उत्तर दिए।

‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस् । मैले के गर्नु पर्यो भने मलाई भन्नुस्,' मन्त्रीको जवाफ थियो। 

त्यस लगत्तै सहरी विकास मन्त्री चौधरी भैंसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षणमा हानिएका थिए।

त्यहाँ पनि सोचेअनुरुप प्रगति नदेख्दा मन्त्री चौधरी थप असन्तुष्ट बने। सम्बन्धित पक्षलाई उनले छलफलका लागि आइतबार मन्त्रालयमा उपस्थित हुन निर्देशन समेत दिए।