BIZMANDU
www.bizmandu.com

सर्वोच्चदेखि सिंहदरबारसम्म ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुँदा खैलाबैला, प्रणालीमा के भयो?

२०७९ मंसिर २६

सर्वोच्चदेखि सिंहदरबारसम्म ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुँदा खैलाबैला, प्रणालीमा के भयो?
सर्वोच्चदेखि सिंहदरबारसम्म ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुँदा खैलाबैला, प्रणालीमा के भयो?


काठमाडौं। मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा सोमबार विहान ९ बजे विद्युत आपूर्ति रोकियो। सिहंदरबारभित्र मात्रै बिजुली काटिएन सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायतका स्थानमा समेत विद्युत आपूर्ति रोकियो।

Tata
Global Ime

चार घन्टापछि बिजुली आयो तर, आपूर्ति रोकिएको घटनालाई कर्मचारीहरुले गम्भीरुपमा हेरेका छन्।

मुख्य प्रशासनिक केन्द्रमा बत्ती गएको घण्टौंसम्म पनि नआएपछि खैलाबैला नै मच्चियो। 'हाम्रा हाकिम १२ बजेसम्म पनि बत्ती नआएपछि प्राधिकरणका कर्मचारीलाई फोन गर्दै थिए। म चाहिँ बाहिर निस्किएँ,' ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका एक इन्जिनियरले भने।

किन रोकियो त सप्लाई ?
रत्नपार्क वितरण केन्द्रका प्रमुख वीरेन्द्रकुमार सिंहका अनुसार सिंहदरबार लगायतका ठाउँमा लाइन सप्लाइ दिएको अण्डरग्राउण्ड केबल काटिएका कारण रोकिएको हो।

संघीय संसदको भवन बनाइरहेको निर्माण कम्पनीले काम गर्ने क्रममा अण्डरग्राउण्ड केबलिङ काटिदा सप्लाई रोकिएको हो। 'बत्ती गयो भनेर सूचना आयो। कसरी बत्ती गयो भनेर हामी खोज्न थाल्यौं। वायर जल्यो कि पोलमा समस्या हो कि भनेर हेर्न थाल्यौं,' सिंहले भने,'अन्तिममा त ठेकेदार कम्पनीले काम गर्दा काटिदिएको रहेछ। केबल काटिएपछि जानकारी दिनुपर्ने ठाउँमा सबै जना चुप लागेर बसेछन्।'

उनका अनुसार अहिले वैकल्पिक व्यवस्था गरेर सप्लाइ दिइएको छ। उक्त कम्पनीलाई क्षतिपूर्ति तिराउने प्रक्रिया अघि बढाउन लागिएको बताए। 'कहाँ के छ भनेर समन्वय गरेर मात्रै काम गर्नुपर्छ नि। तार चुँडिएपछि त जानकारी दिन पर्‍यो नि,' उनले भने,'ठेकेदारको लापरबाहीले यस्तो समस्या भयो।'

बिहान ९ बजे रोकिएको विद्युत आपूर्ति वैकल्पिक व्यवस्था गरेर ४ घण्टापछि १ बजेदेखि नियमित भएको छ।