BIZMANDU
www.bizmandu.com

नाडाको आन्दोलनमा जानकी अटोमोबाइल्स र मोरङ अटोमोबाइल्स डिलर्सको साथ

२०७९ मंसिर २६

नाडाको आन्दोलनमा जानकी अटोमोबाइल्स र मोरङ अटोमोबाइल्स डिलर्सको साथ
नाडाको आन्दोलनमा जानकी अटोमोबाइल्स र मोरङ अटोमोबाइल्स डिलर्सको साथ


काठमाडौं। नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले राष्ट्र बैंकविरुद्ध थालेको आन्दोलनमा जानकी र मोरङ अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पनि साथ दिएका छन्।

Tata
Global Ime

उनीहरुले आफ्नो प्रदेश तथा स्थानीय तहमा सरकार तथा राष्ट्र बैंकविरुद्ध धर्ना कार्यक्रमको आयोजना गरेका छन्। राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण समस्यामा परेको भन्दै अटो तथा अन्य उद्योगी व्यवसायीहरु आन्दोलित बनेका हुन्।

नाडाले मंसिर २२ गते माइतीघरमा कालोपट्टी लगाएर धर्ना दिएको थियो। नाडा अन्तर्गत रहेका संस्थाहरुले पनि आन्दोलनमा नाडालाई साथ दिन थालेका हुन्।

धनुषाको ढल्केवरका अटो व्यवसायीहरुले हात हातमा प्लेकार्ड बोकेर पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेका थिए। मिथिला उद्योग वाणिज्य संघ, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र जानकी अटोमोबाइल्स एशोसिएसन अफ नेपालको संयुक्त आयोजनामा उनीहरूले सरकार र राष्ट्र बैंकविरुद्ध चर्को नाराबाजी गरेका छन्।

प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले मौद्रिक नीति परिमार्जन गर, चालू पुँजी कर्जा मार्गदर्शन स्थगन गर, व्यवसाय गरी खान देउ, जसले कर तिरेको छ उसलाई पेल्ने र हेप्ने ?, ५० प्रतिशत नगद मार्जिन व्यवस्था गर, बैंकहरुले गरेको बदमासीको सजाय व्यापारीलाई किन ? लेखिएको प्लेकार्डहरु बोकेर नाराबाजी गरेका थिए।

सरकारले उद्योगी व्यवसायीमाथि अत्याचार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको जानकी अटोमोबाइल्स अफ नेपाल, मधेश प्रदेशका अध्यक्ष समेत रहेका मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साहले बताए।

अध्यक्ष साहले कर्जाको ब्याजदरमा भएको अस्वभाविक वृद्धिले उद्योग व्यवसाय नै धराशायी बन्दै गएकाले विरोधमा उत्रिनु परेको जानकारी दिँदै राष्ट्र बैंकले मौद्रिक नीति नसच्याएसम्म आफूहरुको चरणबद्ध आन्दोलन जारी रहने बताएका छन्।