BIZMANDU
www.bizmandu.com

अर्थ मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर, भन्सार विभागको डिजी बने चक्रबहादुर बुढा

२०७९ मंसिर २६

अर्थ मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर, भन्सार विभागको डिजी बने चक्रबहादुर बुढा
अर्थ मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर, भन्सार विभागको डिजी बने चक्रबहादुर बुढा


काठमाडौं। अर्थ मन्त्रालयले सहसचिवहरुको हेरफेर गरेको छ। मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा बजेट महाशाखाका चक्रबहादुर बुढालाई पठाएको हो। 

Tata
Global Ime

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई मन्त्रालयको संस्थान महाशाखामा तानिएको छ। भट्टराईलाई सार्वजनिक ऋण व्यावस्थापन कार्यालय प्रमुखमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव गरेका थिए। हाल भन्सार विभाग र कार्यालय एकै स्थानमा भएका कारण भट्टराईले उक्त प्रस्ताव अस्वीकार गरेका हुन्। 

कार्यालय प्रमुखमा मन्त्रालयले सहसचिव भूमिराम शर्मालाई पठाएको थियो। राजस्व पामर्श समिति खारेज भएपछि उनी जिम्मेवारीविहीन भएका थिए।

मन्त्रालयले बजेट महाशाखामा सहसचिव रितेश शाक्यलाई जिम्मेवारी दिएको छ। शाक्य यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशक थिए। मन्त्रालयले सहसचिवहरुलाई सोमबार सरुवाको पत्र पठाएको हो।