काठमाडौं। शुभम पावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई प्राथमिक सेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले पुस ६ गतेदेखि २० गतेसम्म सेयर जारी गर्ने छ। अंकित मूल्य १०० रुपैयाँको सेयर कम्तिमा १० र बढीमा ५ हजार कित्ताका लागि आवेदन दिन सकिने छ।
कम्पनीको जारी पुँजी २० करोड रुपैयाँ छ। यसको २० प्रतिशत अर्थात ४ करोड रुपैयाँको सेयर प्रभावितलाई जारी गर्ने छ। संखुवासभाका विभिन्न स्थानीय तहका बासिन्दाले सेयर पाउने छन्।
यसबाहेक कम्पनीले ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई वितरण गर्ने छ। परियोजनाको लागत १४ करोड ३९ लाख रुपैयाँ अनुमान गरिएको छ।