BIZMANDU
www.bizmandu.com

अपर तामाकोशीको साढे १० अर्ब रुपैयाँको सेयर: निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्‍यो

२०७९ मंसिर २७

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ। नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक र बिक्री सह-प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो।

Tata
Global Ime

अपर तामाकोशीले चुक्ता पुँजीको शत् प्रतिशत हकप्रद सेयर वितरण गर्दैछ। कम्पनीले कुल १० करोड ५९ लाख कित्ता सेयर जारी गर्ने छ।

नागरिक लगानी कोष र अपर तामाकोशीबीच हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

कोषले आफू मुख्य निष्कासन तथा बिक्री प्रबन्धक भई सनराइज क्यापिटललाई सह-निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त्त गरेको हो।