BIZMANDU
www.bizmandu.com

८१ करोड लाग्ने अनुमान गरिएको भवन ५७ करोडमै ठेक्का, सडकको भवन कवीन्द्र कृष जेभीले बनाउने

२०७९ मंसिर २७

८१ करोड लाग्ने अनुमान गरिएको भवन ५७ करोडमै ठेक्का, सडकको भवन कवीन्द्र कृष जेभीले बनाउने
८१ करोड लाग्ने अनुमान गरिएको भवन ५७ करोडमै ठेक्का, सडकको भवन कवीन्द्र कृष जेभीले बनाउने


काठमाडौं। सडक विभागको केन्द्रिय नयाँ भवन निर्माणको ठेक्का कवीन्द्र कृष जेभीले पाएको छ। साढे २ वर्ष निर्माण अवधि रहेको ठेक्का साढे ५७ करोडमा ठेक्का पाएको हो।

Tata
Global Ime

विभागका अनुसार आवेदक १२ वटा निर्माण कम्पनीका आर्थिक प्रस्तावमध्ये सबैभन्दा कम कबोल कवीन्द्र कृषले गरेको थियो।

प्राविधिक मूल्यांकन गर्दा १२ निर्माण कम्पनी पास भएका थिए। आर्थिक प्रस्ताव खोल्दा भने कम कबोल गर्नेले ठेक्का पाएको हो।

सडक विभागले ८१ करोड लगानीमा काठमाडौंमा अत्याधुनिक भवन बनाउने योजना बनाएको थियो। यसका लागि विभागले ठेक्का आह्‍वान गरेको थियो।

प्राविधिक मूल्यांकनमा लामा कन्स्ट्रक्सन, फेवा कन्स्ट्रक्सन, समानान्तर निर्माण सेवा, ओम साईराम कन्स्ट्रक्सन, गौरी पर्वत निर्माण सेवा, गौरा कन्स्ट्रक्सन, शिवशक्ति कन्स्ट्रक्सन, ब्राइट एसके आरए जेभी, ढुकुछु कन्स्ट्रक्सन, माउन्टेन इन्फ्रा, सिनर्जी ज्ञान ज्योति सुवेदी जेभी र कवीन्द्र कृष जेभी पास भएका थिए।

विभागका अनुसार अब यो कम्पनीले सम्झौता गरिएको समयावधिदेखि २ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्नेछ।

सरकारले काठमाडौं महानगरपालिका-३१ मिनभवनमा सडक विभागको नयाँ भवन बनाउन लागेको हो। भवन बनाउनका लागि सडक विभागले आयोजना प्रस्ताव गरी वातावरणीय मूल्यांकन प्रतिवेदन तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाइसकेको छ।

यस्तो बन्नेछ यो भवन

विभागले १९ हजार ९४३ वर्गमिटरमा नयाँ भवन निर्माण गर्न लागेको हो। उक्त भवन ६ तल्लाको २९.८७ मिटर अग्लो हुनेछ। विभागले भवनलाई २४ सय ८ वर्गमिटर, निर्माण क्षेत्र १३ हजार २९८ वर्गमिटर, खुल्ला क्षेत्र १२ हजार २९ वर्गमिटर ९३३.३२ प्रतिशत, हरियाली क्षेत्र २९ सय ८६ वर्गमिट ९२४.८२ प्रतिशत रहने डिजाइन गरेको छ।

भवनको बेसमेन्टमा २३ सय ८७ को हुनेछ । उक्त बेसमेन्टमा गाडी पार्किङ, पानी ट्यांकी र लिफ्टका लागि ठाउँ हुनेछ।

त्यसैगरी भुइँतला २४ सय २ वर्गमिटर, पहिलो तल्ला २५ सय ४९.२४ वर्गमिटर, दोस्रो तल्ला १६ सय १३.७१ वर्गमिटर, तेस्रो तल्ला १५ सय ८४.४६ वर्गमिटर, चौथो तल्लामा १५ सय ९८ वर्गमिटर, पाँचौ तल्लामा ७७६.९१ वर्गमिटर र छैटौं तल्ला ३८६.६७ वर्गमिटरको बन्नेछ।