BIZMANDU
www.bizmandu.com

मारुती सुजुकीका स्वीफ्ट, एस प्रेसो र इग्निस ग्लोबल एनक्याप टेष्टमा कमजोर, रेटिङमा एउटा स्टार

२०७९ मंसिर २७

मारुती सुजुकीका स्वीफ्ट, एस प्रेसो र इग्निस ग्लोबल एनक्याप टेष्टमा कमजोर, रेटिङमा एउटा स्टार
मारुती सुजुकीका स्वीफ्ट, एस प्रेसो र इग्निस ग्लोबल एनक्याप टेष्टमा कमजोर, रेटिङमा एउटा स्टार


काठमाडौं। मारुती सुजुकीका ३ वटा मोडलले ग्लोबल एनक्याप टेष्टमा कमजोर देखिएका छन्। रेटिङमा १ स्टार मात्र प्राप्त गरेका छन्।

Tata
Global Ime

कम्पनीका अनुसार नयाँ ग्लोबल एनक्याप टेष्ट गर्दा आफ्नो ३ वटा मोडल स्वीफ्ट, सुजुकी एस प्रेसो र इग्निसले जम्मा एडल्ट र चाइल्ड अकुपेन्ट परीक्षणमा १ स्टार रेटिङ प्राप्त गरेका छन्। यो उक्त टेष्ट अनुसार धेरै कमजोर कारका रुपमा हेरिन्छ।

स्वीफ्टले एडल्ट अकुपेन्टमा कुल ३४ अंकमा जम्मा १९.१९ अंक प्राप्त गरेको छ। यस्तै चाइल्ड अकुपेन्ट टेष्टमा कुल ४९ अंकमा १६.६८ अंक मात्र प्राप्त गरेको छ। यस्तै यसको बडीशेल भने अनस्टेबल हुने समस्या रहेको उक्त टेष्टमा उल्लेख गरिएको छ।

यसले २०१८ को टेष्टमा २ स्टार रेटिङ प्राप्त गरेको थियो।

यस्तै मारुती सुजुकी एस प्रेसोले पनि यो टेष्टमा जम्मा १ स्टार रेटिङ प्राप्त गरेको छ। यसले एडल्ट अकुपेन्ट टेष्टमा कुल ३४ अंकमा २०.०३ अंक प्राप्त गरेको छ। यस्तै चाइल्ड अकुपेन्ट टेष्टमा भने यसले ४९ अंकमा ३.५२ अंक मात्र प्राप्त गरेको छ। जसलाई शून्य रेटिङको मान्यता दिइएको छ। यसले २०२० को टेष्टमा पनि शून्य रेटिङ प्राप्त गरेको थियो।

यसैगरी सजुकीको इग्निसले पनि ग्लोबल एनक्याप टेष्टमा १ स्टार मात्र रेटिङ प्राप्त गरेको छ। यसले एडल्ट अकुपेन्ट टेष्टमा कुल ३४ अंकमा १६.४८ अंक प्राप्त गरेको छ। यस्तै चाइल्ड अकुपेन्ट टेष्टमा कुल ४९ अंकमा ३.८६ अंक प्राप्त गरेको छ। यो टेष्टका अनुसार साना नानीहरुका लागि त्यति सुरक्षित मानिदैन।

यी मोडलहरु सबै भारतमा निर्माण गरिएका कारहरु हुन। तर २०२२ को मोडलहरुले भने १ स्टार मात्र प्राप्त गरेको छ। यो टेष्टमा ५ स्टार रेटिङ प्राप्त गर्ने गाडीलाई धेरै सुरक्षित मानिन्छ। ग्लोबल एनक्याप भनेको ग्लोबल न्यु कार एसेस्मेन्ट प्रोग्रामको योजना हो।