BIZMANDU
www.bizmandu.com

सिप्रदीले नैकापमा खोल्यो टाटाका पेसेन्जर गाडीलाई वर्कशप, इन्धन र इभी दुवै गाडीले सेवा पाउने

२०७९ मंसिर २८

सिप्रदीले नैकापमा खोल्यो टाटाका पेसेन्जर गाडीलाई वर्कशप, इन्धन र इभी दुवै गाडीले सेवा पाउने
सिप्रदीले नैकापमा खोल्यो टाटाका पेसेन्जर गाडीलाई वर्कशप, इन्धन र इभी दुवै गाडीले सेवा पाउने



काठमाडौं। टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अब नैकापबाट पनि ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको सेवा (पीभी सर्भिस) सुरु गरेको छ।

Tata
Global Ime

‘पछिल्लो समय यस श्रेणीका उत्पादनहरुको बजार व्यापक रुपमा विस्तार भइरहेको छ। यसै मध्यनजर गर्दै ग्राहकहरुलाई प्रभावकारी एवं उत्कृष्ट ढंगले सेवा सुविधा प्रदान गर्ने उद्देश्यले पीभी सर्भिस वर्कशप अझै थप्दै ग्राहक सेवाको विस्तार गर्ने थालनी गरिएको हो,’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

यस अन्तर्गत आइसी इन्जिन भएका (इन्धनबाट संचालन हुने) मात्र नभई विद्धुतीय (इभी) दुवै प्रकारका गाडीहरुको मर्मतसम्भार गरिने कम्पनीले जनाएको छ। त्यसको लागि आवश्यक दक्ष जनशक्ति तथा पूर्वाधारको कम्पनीले तयारी अवस्थामा राखेको छ। 

टाटा ब्राण्डका इभीहरुको नेपालमा लोकप्रियताको बढोत्तरीसँगै सिप्रदीले आफ्ना ग्राहक सेवा केन्द्रहरुमा यस गाडीको लागि आवश्यक पूर्वाधार विकास गरिरहेको कम्पनीले जनाएको छ। 

सिप्रदीले नेपालभर आफ्ना २२ भन्दा बढी ग्राहक सेवा केन्द्रहरुबाट सेवा सुविधा प्रदान गर्दै आइरहेको छ।