BIZMANDU
www.bizmandu.com

एनआइबीएल ग्रोथ फण्डको इकाइ बिक्री पुस ७ बाट, एक जनाले १ करोड ६० लाख इकाइसम्म आवेदन दिन सक्ने

२०७९ मंसिर २८

एनआइबीएल ग्रोथ फण्डको इकाइ बिक्री पुस ७ बाट, एक जनाले १ करोड ६० लाख इकाइसम्म आवेदन दिन सक्ने
एनआइबीएल ग्रोथ फण्डको इकाइ बिक्री पुस ७ बाट, एक जनाले १ करोड ६० लाख इकाइसम्म आवेदन दिन सक्ने


काठमाडौं। एनआइबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआइबीएल ग्रोथ फण्डले पुस ७ गतेदेखि इकाई बिक्री खुलाउने भएको छ। यो बन्दमुखी योजना हो।

Tata
Global Ime

योजनाले १० रुपैयाँको अंकित मूल्यमा कुल १६ लाख इकाई जारी गर्दैछ। योजनाको कुल आकार १६ करोड रुपैयाँ हुनेछ।

जसमध्ये १९ प्रतिशत ३ करोड ४ लाख रुपैयाँ बराबरको इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई छुट्टाएको छ। १ प्रतिशत हुने १६ लाख बराबरको इकाई योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटलको हिस्सा हो।

बाँकी रहने १२ करोड ८० लाख रुपैयाँको इकाइ सर्वसाधारणलाई निष्कासन गरिनेछ। न्यूनतम १० र अधिकतम १ करोड ६० लाख इकाइका लागि आवेदन दिन सकिनेछ। आवेदन छिटोमा पुस १२ गते बन्द हुनेछ।

योजनाको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा एनआइबीएल एस क्यापिटललाई दिइएको छ।