BIZMANDU
www.bizmandu.com

लविदाले भारतीय मेन्स वेयर ब्राण्ड ब्ल्याकबेरिज नेपाल भित्र्याउँदै,दुई स्टोर बिहीबारदेखि

२०७९ मंसिर २८

लविदाले भारतीय मेन्स वेयर ब्राण्ड ब्ल्याकबेरिज नेपाल भित्र्याउँदै,दुई स्टोर बिहीबारदेखि
लविदाले भारतीय मेन्स वेयर ब्राण्ड ब्ल्याकबेरिज नेपाल भित्र्याउँदै,दुई स्टोर बिहीबारदेखि


काठमाडौं। भारतीय मेन्स वेयर ब्राण्ड ब्ल्याकबेरिजले नेपालमा पनि बजार विस्तार गर्ने भएको छ। भारतमा तीन दसकभन्दा लामो इतिहास बोकेको उक्त ब्राण्डलाई नेपालमा लविदा ट्रेडिङले भित्र्याउने भएको हो।

Tata
Global Ime

उक्त ब्रान्डका भारतका ३०० भन्दा बढी सहरहरुमा बजार छ। तर, भारत बाहिर उक्त ब्रान्डले बजार विस्तार गरेको थिएन। ब्ल्याकबेरिजले मंगलबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका सिभिल मल र दरबारमार्गमा दुई स्टोर खोल्ने घोषणा गरेको छ।

दुवै स्टोर बिहीबार (मंसिर २९) देखि सञ्चालनमा आउने लविदा ट्रेडिङका अध्यक्ष उत्तम लामिछानेले बताए। २ हजार ५ सय वर्गफिट र ३ हजार वर्गफिटमा फैलिएका दुवै स्टोरहरूमा ब्ल्याकबेरीका विभिन्न भेराइटीका सूट, ज्याकेट, फर्मल-क्याजुअल पहिरन, जातीय पहिरन, जुत्ता र अन्य धेरै एसेसरिसहरु रहने छ।

नयाँ स्टोरहरूले ब्ल्याकबेरीको वेडीङ कलेक्सन पनि सार्वजनिक गर्दै छ, जसमा सूट, टक्सिडो, ब्लेजर र एथनिक पहिरनको एक विशेष रेन्ज  समावेश रहने जानकारी पत्रकार सम्मलेनमा दिइयो।

ट्राउजर, सूट, ज्याकेट र ब्लेजर जस्ता औपचारिक पहिरनदेखि लिएर, ब्रान्डले खाकी, शर्ट, डेनिम, टीसर्ट र जुत्ता र सामानहरू जस्ता सेमी-फर्मल र क्याजुअल पहिरनहरू पनि यो ब्रान्डका छन्। प्रडक्टहरुको मूल्य भने ३ हजार ५ सयदेखि सुरु भएर ६० हजार रुपैयाँसम्मका छन्। 

ब्ल्याकबेरिजका सह-संस्थापकसमेत रहेका निर्देशक नितिन मोहनले भने ‘लविदा ट्रेडिङसँगको साझेदारीमा नेपालमा हाम्रा नयाँ स्टोरहरू खोल्ने घोषणा गर्न पाउँदा उत्साहित छौं। हाम्रो नयाँ स्टोरले नेपाली उपभोक्तालाई विश्व स्तरीय उत्पादन र अनुभव प्रदान गर्नेमा हामी विश्वस्त छौं।’