BIZMANDU
www.bizmandu.com

गभर्नर अधिकारीले भने-‘पुस महिना अलि कठिन छ, तर तरलता सहज बनाउन लागिरहेका छौं’

२०७९ मंसिर २८

गभर्नर अधिकारीले भने-‘पुस महिना अलि कठिन छ, तर तरलता सहज बनाउन लागिरहेका छौं’
गभर्नर अधिकारीले भने-‘पुस महिना अलि कठिन छ, तर तरलता सहज बनाउन लागिरहेका छौं’


काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा तरलता संकट गहिरिने बताएका छन्। उनले अहिले अवस्था जटिल रहेको बताउँदै तरलता सहज बनाउन प्रयास गरिरहेको बताए।

Tata
Global Ime

बुधबार राजधानीमा नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को साधारणसभामा अधिकारीले भने-'पुस महिना अलि कठिन छ। तर हामीले तरलता सहज बनाउने प्रयास गरिरहेका छौं।'

उनले खराब समय रहेको भन्दै विकृतिलाई निरन्तरता दिन नहुने बताउँदै त्यसले दीर्घकालसम्म गम्भीर समस्या पार्ने बताए। अधिकारीले ऋण लिएपछि तिर्नुपर्ने बताउँदै भने-'लगेको पैसा तिर्नुपर्छ। पैसा आफैं बन्दैन। अहिलेको जटिल अवस्थामा सबैले सहनुको विकल्प छैन।'

अधिकारीले अर्थतन्त्र निकै संवेदनशील अवस्थामा रहेको बताउँदै एक क्षेत्र सुधार गर्दा अर्को क्षेत्रमा असर गरिरहेको बताए।