BIZMANDU
www.bizmandu.com

सञ्चालकदेखि व्यवस्थापनका कर्मचारीसम्मको सेयर रोक्का गर्न स्टक एक्सचेञ्जले दियो निर्देशन

२०७९ मंसिर २८

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचिकृत कम्पनीका सञ्चालक तथा पदाधिकारीको सेयर खरिद बिक्रीमा रोक लगाएको छ। नियमावलीमा भएको व्यवस्था उदृत गर्दै नेप्सेले सिडियस एण्ड क्लियरिङ लिमिटेडको नियमावली अनुसार रोक्का राख्न बुधबार निर्देशन दिएको हो।

Tata
Global Ime

नेप्सेले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम ३८ (१क) को व्यवस्थालाई उदृत गर्दै सेयर क-कसले रोक्का राख्नु पर्छ भनेर खुलाएको छ।

जस अनुसार 'सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्ति' ले सेयर रोक्का राख्नु पर्छ।

पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सेयर रोक्का राख्नुपर्ने हुन्छ।

यसबाहेक सम्बन्धित कम्पनीको वा त्यसको सहायक कम्पनीको सेयर आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न पनि रोक लगाएको छ।

उल्लेखित पदाधिकारीहरुलाई सेयर रोक्का गरेर मात्र जिम्मेवारी लिने व्यवस्था गर्न पनि भनेको छ।