BIZMANDU
www.bizmandu.com

मर्जरको अन्तिम स्वीकृति माग्दै ग्लोबल आइएमइ र बैंक अफ काठमाण्डू पुगे नेपाल राष्ट्र बैंक

२०७९ मंसिर २८

मर्जरको अन्तिम स्वीकृति माग्दै ग्लोबल आइएमइ र बैंक अफ काठमाण्डू पुगे नेपाल राष्ट्र बैंक
मर्जरको अन्तिम स्वीकृति माग्दै ग्लोबल आइएमइ र बैंक अफ काठमाण्डू पुगे नेपाल राष्ट्र बैंक


काठमाडौं। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (ले) मर्जरको अन्तिम स्वीकृति माग गर्दै राष्ट्र बैंकमा निवेदन दिएका छन्।

Tata
Global Ime

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले गभर्नर महाप्रसाद अधिकारीलाई संयुक्त रुपमा निवेदन पेश गरेका छन्। 

कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो।

यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमति भएको थियो।

२०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो। मर्जरको निम्ति शेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

मंसिर २३ गते भएको दुवै बैंकका साधारण सभाले मर्जरलाई अनुमोदन गरिसकेको छ।