
काठमाडौं। सानिमा जनरल र जनरल इन्स्योरेन्सले गाभिनका लागि विशेष साधारणसभा डाकेका छन्। यो दुबै कम्पनीबीच मर्जरका लागि हस्ताक्षर भइसकेको छ।
सानिमाले असोज ११ गते कुन्डलिनी दरबार ब्यांकेट र जनरल इन्स्योरेन्सले अमृतभोग डिल्लीबजारमा साधारणसभा डाकेका हुन्। सभाले सानिमा र जनरल इन्स्योरेन्सको मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछ।
मर्जरपछि जीआईसी इन्स्योरेन्सबाट कारोबार गर्नेछ। त्यस्तै सेयर अनुपात १:१ कायम गरी मर्जरलाई अन्तिम रुप दिनेछ। दुई कम्पनी गाभिएपछि संस्थापक तथा सर्वसाधरण सेयरधनीको अनुपात ५१ :४९ कायम हुनेछ।
साधारणसभा प्रयोजनको लागि कम्पनीहरुको सेयर दर्ता किताव असोज ६ गते बन्द हुनेछ। असोज ५ गते सेयर अभिलेखमा दर्ता भएका सेयरधनी सहभागी हुन पाउनेछन्।


