मध्यपहाडीको बागलुङ-बुर्तिबाङ खण्डको ठेक्का तोडिदै, ५ पटक म्याद थप्दा पनि निर्माण भएन पुरा



२०७९ मंसिर २७ गते ०९:५८ | Dec 13, 2022


मध्यपहाडीको बागलुङ-बुर्तिबाङ खण्डको ठेक्का तोडिदै, ५ पटक म्याद थप्दा पनि निर्माण भएन पुरा


काठमाडौं। मध्यपहाडी राजमार्गको बागलुङ-बुर्तिबाङ खण्डको पनि ठेक्का तोडिने भएको छ।

Tata
Global Ime

पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले मंगलबार सूचना जारी गर्दै पटक-पटक काम सक्न लिखित तथा मौखिक ताकेता गर्दा पनि सम्बद्ध निर्माण कम्पनीले काम नगरेपछि ठेक्का तोड्न लागेको जनाएको छ।

एमपी एसीएफ ईसीसी जेभीले यो आयोजना अन्तर्गतको बागलुङ-बुर्तिबाङ खण्ड विस्तारको ठेक्का पाएको थियो। तर, लामो समयदेखि निर्माण कार्य अधुरो छाडेको निर्देशनालयले जनाएको छ।

५ पटकसम्म म्याद थप गर्दा पनि यस खण्डको निर्माण पुरा भएको छैन। पाँचौ पटक थपिएको म्याद २०८० असारसम्म छ। तर, निर्माण व्यवसायीका प्रतिनिधि काम गर्न फिल्डमा आएका छैनन्। अहिले निर्माण व्यवसायी सम्पर्कविहीन रहेको निर्देशनालयले जनाएको छ।

यसैगरी पछिल्लो पटक थपिएको म्यादमा पनि काम नगरेपछि निर्देशनालयले ठेक्का तोड्न प्रक्रिया थाल्ने निर्णयमा पुगेको जनाएको छ। १५ दिनपछि उक्त निर्माण कम्पनीसँग ठेक्का तोडिने जनाइएको छ।