हाम्रो बारेमा





विज्ञान अधिकारी
सम्पादक

हिमालय टाइम्सबाट आर्थिक पत्रकारिता सुरु गरेका अधिकारी आर्थिक पत्रकारहरुको संस्था सेजनका पूर्व अध्यक्ष हुन्। नागरिक दैनिकको स्थापना कालदेखि नै आर्थिक ब्युरोमा आवद्ध हुनुअघि उनी नयाँ पत्रिका दैनिकमा आर्थिक ब्युरो प्रमुख थिए। एचबिसी तथा गोर्खा एफएममा आर्थिक कार्यक्रम सञ्चालकको रुपमा उनले आर्थिक पत्रकारिताको अनुभव पनि बटुलेका छन्। उनी २०७३ कात्तिक २४ देखि बिजमान्डूका सम्पादक हुन्।

सरोज काफ्ले
सल्लाहकार सम्पादक 

साप्ताहिक पत्रिका पुनर्जागरणबाट व्यवसायिक रुपमा पत्रकारिता सुरु गरेका काफ्लेले आर्थिक पत्रकारितामा करिब डेढ दशक बिताइसकेका छन्। राजधानी दैनिकमा संवाददाताका रुपमा दुई वर्ष र अन्नपूर्ण पोष्टमा एक दसकभन्दा बढी सम्वाददाता, करेस्पोन्डेन्ट र आर्थिक व्यूरो चिफको भूमिकामा काम गरेका थिए। बिजमाण्डूका सम्पादक समेत भइसकेका उनी हाल अध्ययनका लागि अमेरिकामा छन्।

सुदर्शन सापकोटा
सह-सम्पादक 

२०६१ सालदेखि पत्रकारितामा सक्रिय सापकोटा २०६३ सालदेखि आर्थिक पत्रकारितालाई प्रमुख विधा बनाएर केन्द्रित छन्। नागरिक दैनिकको स्थापना कालदेखि उनले वित्तीय र पूँजी बजार विषयकेन्द्रित समाचार लेख्दै आएका थिए। त्यसअघि विराटनगरबाट प्रकाशित हुने दर्शन दैनिक, हिमालय टाइम्स, गोरखापत्र, आर्थिक अभियान साप्ताहिक र नयाँ पत्रिका दैनिकमा काम गरेका थिए। उनी २०७० फागुन १ गतेबाट बिजमाण्डूमा आवद्ध छन्।

भावना शर्मा
उपसम्पादक 

 १५ वर्षदेखि छापा, रेडियो र टेलिभिजन पत्रकारितामा संलग्न शर्मा २०७३ मंसिरदेखि बिजमाण्डूसँग आवद्ध छिन्। कम्युनिकेसन कर्नरबाट पत्रकारिता सुरु गरेकी शर्मासँग नेपाल एफएम, सगरमाथा टेलिभिजन, एबिसि रेडियो, एबिसि टेलिभिजन तथा नयाँ पत्रिका दैनिकको कार्यअनुभव छ। पत्रकारितामा स्नातकोत्तर शर्माका ‘जुनको आतंक’ कविता संग्रह र स्वर्गीय रामराजाप्रसाद सिंहको आत्मबृतान्त ‘गणतन्त्रका प्रणेता’ पुस्तक प्रकाशित छन्।

 दिनेश खड्का 
संवाददाता  

‘सहकारी नेपाल’ मासिक पत्रिकामार्फत २०७२ सालबाट पत्रकारिता सुरु गरेका खड्का विकास निर्माण र  पुर्वाधार सम्वन्धि रिपोर्टिङमा रुची राख्छन्। २०७३ साल फागुनदेखि बिजमाण्डूमा आबद्ध  छन्। खड्का त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त जया मल्टिपल क्याम्पसमा पत्रकारिता विषयमा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत छन्।

वसन्तराज उप्रेती
संवाददाता 

उप्रेतीले २०७१ माघदेखि पत्रकारिता सुरु गरेका हुन्। आर्थिक पत्रकारिता अन्तर्गत ग्याजेट्स, दूरसंचार, अटो, पर्यटन, व्यापार बजार रिपोर्टिङमा रुचि राख्ने उप्रेती २०७४ साउनदेखि बिजमाण्डूमा आवद्ध छन्। उप्रेतीले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभागबाट स्नातकोत्तर गरेका छन्। 

खेमराज श्रेष्ठ
संवाददाता 

श्रेष्ठ २०७२ बाट आर्थिक पत्रकारितामा सक्रिय छन्। टीभी अन्नपुर्णबाट पत्रकारिता सुरू गरेका उनीसँग बिभिन्न अनलाइन सञ्चार माध्यमहरुमा कममा काम गरेको अनुभव छ। आर्थिक मामिलामा कलम चलाउन रुची राख्ने उनी २०७६ बैशाख १५ गतेदेखि बिजमाण्डूमा आबद्ध छन्। उनले मानविकी संकायतर्फ अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्।

उन्नत सापकोटा
संवाददाता

प्रोपर्टी राष्ट्रिय मासिक पत्रिकाबाट २०७४ सालबाट पत्रकारिता सुरु गरेका सापकोटा सूचना प्रविधि र रियल इस्टेटसम्बन्धि विषयको रिपोर्टिङमा रुची राख्छन्। सापकोटा २०७७ देखि बिजमाण्डूमा आबद्ध छन्। सापकोटाले काठमाडौं विश्वविद्यालयबाट विकास अध्ययन विषयमा स्नातकोत्तर गरेका छन्।

सरला सुवेदी
संवाददाता

सुवेदी २०७६ माघ १२ गतेदेखि बिजमाण्डूमा आवाद्ध छिन्। कृषि, उपभोक्ता, ब्यापार, बजार क्षेत्रको रिपोर्टिङमा रुचि राख्ने सुवेदी त्रिभुवन विश्व बिद्यालय अन्तर्गत पत्रकारिता तथा आमसन्चार केन्द्रीय बिभागमा स्नातकोत्तर गर्दै छिन्।


पहिलोपोस्ट डट कम बिजमान्डू प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो। यस प्रालिले आर्थिक मुद्दामा केन्द्रित समाचार पोर्टल बिजमान्डू पनि सञ्चालन गर्छ। सामाजिक-सांस्कृतिक मुद्दा, राजनीतिक गतिविधि, खेलकूद, विज्ञानप्रविधि, जीवनशैली र मनोरञ्जनसँग सम्बन्धित समाचार पहिलोपोस्टका प्राथमिकता हुन्।  यो पोर्टलको बेटा संस्करण २०७१ साउन १ गतेबाट सुरु भएको हो।

ऋषिकेश दाहाल
सह- सम्पादक

२०५७ साल देखि पत्रकारितामा सक्रिय ऋषिकेश दाहालले यसअघि नागरिकन्युज डट कम, कान्तिपुर पब्लिकेसन्सको नेपाल म्यागेजिन, स्पेसटाइम दैनिक, नयाँ सडक दैनिकमा काम गरिसकेका छन्। उनी त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता अध्ययन, अध्यापन र अनुसन्धानमा पनि संलग्न छन्।​ [email protected]

सविन ढकाल
संवाददाता

फिल्मी कुरा टेलिभिजन कार्यक्रमबाट पत्रकारिता सुरुवात गरेका सविनले सगरमाथा टेलिभिजनमा चार वर्ष रिपोर्टिङ गरे। उनले त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। पत्रकारितामा स्नातक उनी २०७३ जेठदेखि पहिलोपोस्टमा आवद्ध उनी अपराध र सुरक्षा मामिलामा दख्खल राख्छन्। [email protected]

नेत्र तामाङ
संवाददाता  

२०६६ बाट पत्रकारिता सुरु गरेका नेत्र तामाङले यसअघि नागरिक दैनिक, नयाँ पत्रिका दैनिकमा काम गरिसकेका छन्। उनी अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने एभरेस्ट टाइम्स पाक्षिक पत्रिकाका नेपाल संयोजकसमेत हुन्। त्रिभुवन विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका तामाङ बालबालिकाका क्षेत्रमा पनि दख्खल राख्छन्। अहिलेसम्म बाल कथाका पाँचवटा किताब प्रकाशित गरिसकेका तामाङ राजनीतिक, सामाजिक विषयमा रूचि राख्छन्। तामाङ २०७४ मंसिरदेखि पहिलोपोस्टमा आवद्ध छन्।

विधुर ढकाल
संवाददाता  

बुटवलको स्थानीय पत्रिकाबाट २०६६ सालदेखि पत्रकारिता सुरु गरेका विधुरले चार वर्ष चितवन पोस्ट दैनिकमा काम गरे। राजधानी दैनिकमा परराष्ट्र मामिला सम्बन्धी रिपोर्टिङको डेढ वर्ष अनुभव संगालेका उनी २०७४ फागुनदेखि पहिलोपोस्टमा आवद्ध छन्। उनले त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग, रत्नराज्य राज्यलक्ष्मी क्याम्पसबाट पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन्।

सहयोग रञ्जित
संवाददाता

त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग, रत्नराज्य राज्यलक्ष्मी क्याम्पसबाट पत्रकारिता विषयमा स्नातकोत्तर गरिरहेका सहयोग रञ्जितले पहिलोपोस्टबाट पत्रकारिता सुरु गरेका हुन्। संस्कृति र सामाजिक विषयवस्तु उनको रुचिका विषय हुन्। उनी २०७५ जेठ १ देखि पहिलोपोस्टमा आवद्ध छन्।

अनन्त कोइराला
संवाददाता  

अन्नपूर्ण पोस्ट्मा एक वर्ष डिजिटल संवाददाता भएर काम गरेका कोइरालाले मदन पुरस्कार पुस्तकालयमा अनुसन्धाता र जगदम्बा प्रकाशनमा सह-सम्पादकको रूपमा २ वर्ष काम गरेका थिए। उनी त्रिभुवन विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन्। हाल उनी जापानमा छन्। [email protected]

मुकुन्द घिमिरे
संवाददाता

एबीसी टेलिभिजनबाट २०७४ सालबाट पत्रकारितामा प्रवेश गरेका मुकुन्द घिमिरे खेल पत्रकारितामा रुची राख्छन्। उनले नेपाल रिपब्लिक मिडियाको नागरिकन्युजडटकममा काम गरिसकेका छन्। अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका उनी साहित्य तथा सामाजिक विषयवस्तुमा पनि कलम चलाउँछन्। घिमिरे पूर्वी नेपालको इलामका स्थायी बासिन्दा हुन्।

प्रकाश भण्डारी
संवाददाता 

दक्षिण एसियाको पहिलो स्वतन्त्र सामुदायिक रेडियो सगरमाथा १०२.४ बाट पत्रकारिता थालेका प्रकाश भण्डारी राजनीतिक तथा सामाजिक विषयमा कलम चलाउँछन्। २०७२ सालबाट लगातार ४ वर्ष रेडियो पत्रकारिता गरेपछि उनी अनलाइन पत्रकारितामा आएका हुन्। उनले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तह पूरा गरेका छन्।

हेक रोकाहा
संवाददाता  

चितवनबाट पत्रकारिता थालेका हेम रोकाहा २०७६ सालदेखि पहिलोपोस्टमा आवद्ध छन्। उनीसँग चितवन पोस्ट दैनिकमा काम गरेको अनुभव छ।

विष्णुहरि घिमिरे
संवाददाता 

सन् २००० देखि हिमालय टाइम्स दैनिकबाट पत्रकारिता थालेका विष्णुहरि घिमिरेको छापा र टेलिभिजन पत्रकारितामा लामो अनुभव छ। २००३ देखि २००८ सम्म उनले नेपाल १ टेलिभिजनमा खेल पत्रकारिता गरे। २००८ देखि कान्तिपुर टेलिभिजनमा उप सम्पादक रहेका घिमिरे २०१० देखि २०१३ सम्म कान्तिपुर टेलिभिजनकै खेल व्युरो प्रमुख तथा स्कोरबोर्ड कार्यक्रमका प्रस्तोता समेत रहे। हाल अमेरिकामा रहेका घिमिरेले २०६४ सालमा त्रिविबाट पत्रकारितामा स्नातकोत्तर गरेका हुन्।

प्रविण रानाभाट
फोटो पत्रकार 

जया बहुमुखी क्याम्पसमा बीबीएस अध्ययनरत प्रविण पहिले शौखिन फोटोग्राफरका रुपमा फोटो खिच्थे। २०७४ फागुनदेखि पहिलोपोस्टमा आवद्ध उनले यहीँबाट व्यावसायिक फोटो पत्रकारिता सुरु गरेका हुन्। उनले अहिले पहिलोपोस्टको फोटो तथा मल्टिमिडियाको नेतृत्व गरिरहेका छन्।

समर्थ रञ्जित
फोटो पत्रकार

फेसन फोटोग्राफीमा रुचि राख्ने समर्थले पहिलोपोस्टबाट फोटो पत्रकारिता थालेका हुन्। व्यवस्थापनमा स्नातक गरेका रञ्जित २०७३ देखि पहिलोपोस्टमा आवद्ध छन्।

रोजन श्रेष्ठ
फोटो पत्रकार

फोटो पत्रकार रोजन श्रेष्ठले पहिलोपोस्टबाट फोटो पत्रकारिता सुरु गरेका हुन्। फोटो स्टोरीहरुमा उनको विशेष दख्खल छ। वंगलादेशको पाठशालाबाट फोटो पत्रकारिताको अध्ययन गरेका छन् उनले।

रबिन खाकी
दृष्य सम्पादक

इमेज च्यानलबाट २०७१ सालदेखि मास्टर कन्ट्रोल रुम हुँदै दृष्य सम्पादन गर्न थालेका रबिन खाकी भक्तपुरका रैथाने हुन्। उनी पहिलोपोस्टमा २०७५ सालदेखि आवद्ध रहँदै आएका छन्। दृष्य सम्पादनका अलावा रबिन फोटोग्राफीमा पनि रुची राख्छन्।

प्रदेश संवाददाता
प्रदेश १ : अनन्तराज न्यौपाने

प्रदेश २ : राधेश्याम पटेल (वीरगञ्ज)

प्रदेश २ : सुमित मिश्र (जनकपुर)

कर्णाली : पी खड्का

सुदुरपश्चिम : यम बम