सुनको मूल्य तोलामा ३ सय रुपैयाँले सस्तियो, सोमबार सुन प्रतितोला ९३ हजार ६ सय



बिजमाण्डू
२०७९ भदौ २७ गते ११:०४ | Sep 12, 2022


सुनको मूल्य तोलामा ३ सय रुपैयाँले सस्तियो, सोमबार सुन प्रतितोला ९३ हजार ६ सय



काठमाडौं। साताको दोस्रो दिन सुनको मूल्य घटेको छ। सोमबार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजार मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
Global Ime

साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा स्थिर थियो।

चाँदीको मूल्य सोमबार पनि स्थिर छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ५० रुपैयाँ कायम भएको  चाँदी दुई दिनदेखि स्थिर छ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १७१३.८९ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस  १८.९२ डलरमा  छ।