एप्पलले आज राति लन्च गर्दै आइओएस १६, यी आइफोन मोडलले सपोर्ट गर्नेछ लेटेस्ट सफ्टवेयर



बिजमाण्डू
२०७९ भदौ २७ गते १२:२९ | Sep 12, 2022


एप्पलले आज राति लन्च गर्दै आइओएस १६, यी आइफोन मोडलले सपोर्ट गर्नेछ लेटेस्ट सफ्टवेयर



काठमाडौं। एप्पलले सोमबार विश्वभर आइओएस १६ र वाच ओएस ९ लन्च गर्दैछ। एप्पलले हरेक वर्षझैं यो वर्ष पछि आइओएसको लेटेस्ट भर्सन सार्वजनिक गर्दैछ। भर्खरै लन्च गरिएको आइफोन १४ सिरिजका साथै यसअघिका अन्य आइफोन मोडलहरुमा आइओएसको नयाँ भर्सन उपलब्ध हुने कम्पनीले जनाएको छ। 

Tata
Global Ime

आइओएस १६ ले केही सुधारका साथै कस्टमाइजेसनमा नयाँ अप्सन ल्याउने बताइएको छ। आइओएस १६ मा एप्पलले फोकस मोड, नयाँ लक स्क्रिनका साथै हिडन तथा भर्खरै डिलिट गरिएका एल्बमहरुमा प्राइभेसी थप सुनिश्चित गर्ने जनाएको छ।   

आइओएस १६ मा हुने अन्य फिचरहरु आइ मेसेजेज, सेयर प्ले, नोटिफिकेसन्स, म्याप, सफारी, वालेटलगायतमा अपडेट रहेको एप्पलले जनाएको छ।  वाच ओएस ९ मा भने एप्पलले फिचरयुक्त वर्कआउट एप (ब्यायाम), नयाँ मेडिकेसन्स एप (निन्द्रा र मुटुको स्वास्थ्य बारे) उपलब्ध हुने जनाएको छ।   

कुन कुन मोडलले सपोर्ट गर्छ आइओएस १६?
आइओएस १६ भर्खरै सार्वजनिक भएको आइफोन १४ सिरिजका आइफोन १४, १४ प्लस, १४ प्रो र १४ प्रो म्यासमा उपलब्ध हुनेछ। 
आइफोन १३ सिरिजका आइफोन १३, १३ प्रो, १३ प्रो म्यासले भने लेटेस्ट सफ्टवेयर पाउने छ। 

त्यसैगरी, आइफोन १२, १२ मिनि, १२ प्रो, १२ प्रो म्याक्स, आइफोन ११, ११ प्रो, ११ प्रो म्याक्सले पनि आइओएस १६ पाउने एप्पलले जनाएको छ। 
प्रयोगकर्ताहरु जसले आइफोन एक्स एस, एक्स एस म्याक्स, एक्स आर, एक्स, आइफोन एट, एट प्लस, आइफोन एसइ (२०२०) र आइफोन एसइ (२०२२) ले पनि आइओएस १६ सपोर्ट गर्ने बताइएको छ। 

नेपाली समयअनुसार एप्पलले आइओएस १६ सोमबार राति पौने ११ बजे सार्वजनिक गर्ने योजना बनाएको छ। जसलगत्तै आइफोन प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोनमा आइओएस १६ को अपडेट पाउने छन्। 

वाच ओएस ९ भने एप्पल वाच सिरिज ४ र त्यसभन्दा पछिको स्मार्टवाचमा उपलब्ध हुने कम्पनीले जनाएको छ।