सराफ र अग्रवाल समूहको एभरेष्ट सुगरको कारोबार १.३७ अर्ब, सोही बराबरको ऋणलाई पायो रेटिङ



बिजमाण्डू
२०७९ भदौ २७ गते १७:१९ | Sep 12, 2022


सराफ र अग्रवाल समूहको एभरेष्ट सुगरको कारोबार १.३७ अर्ब, सोही बराबरको ऋणलाई पायो रेटिङ


काठमाडौं। सराफ र अग्रवाल समूह एभरेष्ट सुगर र केमिकल इन्डस्ट्रिजले सन् २०२१/२२ मा एक अर्ब ३७ करोड १० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। 

Tata
Global Ime

कम्पनीसँग दैनिक ५५ सय टन उखु पोल्न सक्ने क्षमता छ। कम्पनीले २०२१ बाट रेगुलर/नर्मल चिनीबाट उत्पादनलाई डबल रिफाइन्ड सल्फरलेस चिनीमा रुपान्तरण गरेको कम्पनीले जनाएको छ।  

कम्पनीले ९ मेगावाट क्षमताको पावर प्लान्ट छ। उद्योगलाई बढी हुने तीन मेगावाट बिजुली भने कम्पनीले बिक्री गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए सम्झौता गरेको छ।

२०२१ मा कम्पनीले ९३ करोड ५० लाख रुपैयाँ, २०२० मा ३ अर्ब ४१ करोड ५० लाख रुपैयाँ र २०१९ मा २ अर्ब १२ करोड ९० लाख रुपैयाँ कारोबार गरेको थियो।

कम्पनीले १ अर्ब ३६ करोड ५० लाख रुपैयाँ बैंकिङ कर्जाका लागि इन्फोमेरिक्स रेटिङ्स नेपालबाट रेटिङ पाएको छ। १९ करोड ८९ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन डबल बी प्लस र १ अर्ब १६ करोड ६० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर प्लस रेटिङ पाएको छ।