एनसेलको डेटा प्रयोग गरी अब आइएमई पे नि:शुल्क चलाउन मिल्ने, दुई कम्पनीले गरे सम्झौता



बिजमाण्डू
२०७९ भदौ २७ गते १८:१६ | Sep 12, 2022


एनसेलको डेटा प्रयोग गरी अब आइएमई पे नि:शुल्क चलाउन मिल्ने, दुई कम्पनीले गरे सम्झौता


काठमाडौं। एनसेल र आइएमई पेबीच निःशुल्क डेटा सेवासम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डेटा प्रयोग गरेर जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्ने बताइएको छ। 

Tata
Global Ime

आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको जनाएको छ। आइएमई पे र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य कारण डिजिटल नेपालको परिकल्पनातर्फ अघि बढ्ने आफ्नो समान संकल्प रहेको उल्लेख गरेको छ। 

कुनै पनि डिजिटल वालेट सेवा प्रदायकले मोबाइल सेवा प्रदायकसँग मिलेर आफ्ना ग्राहकहरूलाई यस्तो सेवा विस्तार गरेको यो पहिलोपटक भएको दाबी कम्पनीको छ।

यस सहकार्यले प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्ने र नेपाली ग्राहकहरूलाई परम्परागत वित्तीय विधिबाट आधुनिक डिजिटल वित्तीय विधिहरूमा परिचालन गर्ने विश्वास लिइएको छ।