१९ करोड ऋण तिर्न नसकेपछि  सिन्धुपाल्चोकको चिया उद्योग लिलाममा, ‘कोभिडपछि उठ्नै सकेन’



बिजमाण्डू
२०७९ भदौ २८ गते ०९:१३ | Sep 13, 2022


१९ करोड ऋण तिर्न नसकेपछि  सिन्धुपाल्चोकको चिया उद्योग लिलाममा, ‘कोभिडपछि उठ्नै सकेन’


काठमाडौं। देशकै चर्चितमध्येको चिया कम्पनी एभरेष्ट टि स्टेट प्रालि आर्थिक संकटमा गएको छ। कम्पनीले बैंक ऋण तिर्न नसक्ने भएपछि सम्पत्ति लिलाम हुने भएको छ।

Tata
Global Ime

लक्ष्मी बैंकले ऋण भुक्तानी नभएपछि कम्पनीको सम्पत्ति लिलामीमा राखेको छ। ऋण तिर्न ३५ दिने र १५ दिने सूचना जारी गरेर समय दिँदा पनि पैसा तिर्न नआएपछि बैंकले अर्को १५ दिनको समय थप गर्दै सम्पत्ति लिलामी गर्ने जनाएको छ। 

कम्पनीका सञ्चालक मोहनकुमार गिरी हुन्। बैंकले ऋणीको सिन्धुपाल्चोकस्थित जग्गा लिलाम गर्ने छ। यसबाहेक ऋणीले लेखिदिएको सरसामानको मौज्दातका साथै जग्गा भित्र रहेका भवन/घरहरु पनि लिलाम गर्ने छ। केही गाडीहरु पनि लिलाम हुने छन्। 

कोभिड अगाडि ठिकठाकै चले पनि व्यवसायिक हिसाबले भने परियोजना त्यति सबल थिएन। कोभिडपछि बैंकमार्फत कम्पनीले छुट पाएको थियो। कोभिडपछि छुट सहुलियत सकियो त्यसपछि कम्पनी उठ्नै सकेन।

कम्पनीको साँवा करिब १५ करोड रुपैयाँ छ। ब्याज जरिवानासमेत गर्दा १९ करोड हाराहारी पुगेको छ। 

पछिल्ला दिन कम्पनीले अगाडि बढ्ने योजना पनि ल्याउन सकेको छैन भने व्यवसायिक उत्पादन पनि गर्न छाडेको छ।