फक्सवागनको इलेक्ट्रिक अफ-रोडर एसयुभी आईडी एक्स्ट्रिम सार्वजनिक,फुल चार्जमा ५०० किमि 



बिजमाण्डू
२०७९ भदौ २९ गते ०९:४० | Sep 14, 2022


काठमाडौं। अष्ट्रेलियामा फक्सवागनको नयाँ इलेक्ट्रिक अफ-रोडर आईडी एक्स्ट्रिम मोडलको अवधारणा सार्वजनिक भएको छ। आईडी-४ एसयुभीमा आधारित यो अफ-रोडिङ मोडेल बनाउन फक्सवागनले यो अवधारणा सार्वजनिक गरेको जनाएको छ।

Tata
Global Ime

फक्सवागनका अनुसार आईडी एक्स्ट्रिमले आईडीको तुलनामा लगभग ३० प्रतिशत बढी पावर प्राप्त गर्दछ। ४ जीटीएक्ससहित थप शक्तिशाली रियर मोटर र नयाँ सफ्टवेयरको साथ २८५ किलोवाट क्षमताको रहेको छ। डुअल-मोटर प्रणालीले सबै चार पाङ्ग्राहरूमा पावर पठाउँछ। यसको अधिकतम आउटपुट २९५ हर्सपावरदेखि ३८१ हर्सपावरसम्म रहेको छ।

यो अवधारणा फक्सवागनको सबैभन्दा शक्तिशाली इलेक्ट्रिक रोड कार हुनेछ। यद्यपि ६०० किलोवाट प्लस आईडी आर रेस कार यसको सबैभन्दा शक्तिशाली इलेक्ट्रिक गाडी हो।

फक्सवागनले यसमा थप उल्लेखनीय परिवर्तन गरेको छ। एक्स्ट्रिमको बाहिरी भाग अल-ह्वील-ड्राइभ अवधारणामा आधारित उठाएको सस्पेन्सन, र्‍याली-प्रेरित १८ इन्च पाङ्ग्राहरू, परिमार्जित फ्रन्ट बम्पर र थ्रीडी-प्रिन्टेड ह्वील आर्कहरू रहेका छन्।

फक्सवागनका अनुसार आईडी एक्स्ट्रिमको अन्डरबडी एल्युमिनियम प्यानलहरुसंग निर्माण गरिएको छ। यसमा ८२ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ। यसको सुरक्षाको लगि सिल्ड गरिएको छ।

यसमा रहेको उक्त ब्याट्री प्याकले एक पटकको फुल चार्जमा लगभग ५०० किलोमिटर दुरी पार गर्न सकिने अनुमान कम्पनीले गरेको छ।

कम्पनीले यसलाई २०२३ सम्ममा बजारमा सार्वजनिक गर्ने जनाएको छ।