(1)(1).jpg)
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि नगद लाभांश प्रस्ताव गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। यो सबै नगद लाभांश हो।
अघिल्लो वर्ष कम्पनीले १४.७३ प्रतिशत लाभांश दिएको थियो। कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैंठकले उक्त लाभांशको घोषणा गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ।


