सुनको मूल्यमा ४ सयको गिरावट, सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँ, चाँदी पनि घट्यो



बिजमाण्डू
२०७९ असोज ३ गते ११:१३ | Sep 19, 2022


सुनको मूल्यमा ४ सयको गिरावट, सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँ, चाँदी पनि घट्यो



काठमाडौं। साताको पहिलो दिन बढेको सुनको मूल्य दोस्रो दिन घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ४ सय रुपैयाँले घटेको हो। 

Tata
Global Ime

सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ भएको छ।

यसअघि आइतबार तोलामा ३ सय रुपैयाँ बढ्दा कारोबार मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ भएको थियो।

चाँदी तोलामा १० रुपैयाँ घटेको छ। सोमबारका लागि कारोबार मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ भएको छ। आइतबार तोलामा १५ रुपैयाँ बढेर कारोबार मूल्य ११ सय ८५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १६६८.४० डलर छ भने चाँदी प्रतिऔंस १९.४३ डलरमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतिऔंस १६७५.२२ डलर र चाँदी १९ ६१ डलर थियो ।