फोनपेको ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौं फोनपे गरौं’ योजना, यस्ता छन् अफरहरु



बिजमाण्डू
२०७९ असोज ४ गते १५:४१ | Sep 20, 2022


फोनपेको ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौं फोनपे गरौं’ योजना, यस्ता छन् अफरहरु


काठमाडौं। फोनपेले महान चाडपर्वलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौं फोनपे गरौं’ योजना सुरु गरेको छ। योजना अन्तर्गत हरेक दिन फोनपे मार्फत क्यूआर भुक्तानी, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकलाई दैनिक एक लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ। 

Tata
Global Ime

यो योजना असोज ४ गतेदेखि असोज १३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ। यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसङको आकर्षक मोबाइल फोन जित्न सक्नेछन्। मर्चेन्टहरुको यो योजना असोज ४ गतेदेखि कात्तिक १२ गते ४० दिनसम्मका लागि लागु हुने फोनपेले जनाएको छ। 

फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकहरुले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ। यस योजनामा अन्य केही सर्तहरु समेत लागु हुने कम्पनीले जनाएको छ। 

यसैगरी फोनपेले दसैंको समयमा किनमेल गर्न सहज र सुलभ होस् भन्ने उदेश्यले विभिन्न बैंकहरुसँगको सहकार्यमा छुट तथा क्यासब्याक पाइने सुविधा समेत प्रदान गरिरहेको छ। फोनपे मार्फत क्यूआर भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकले असोज १ देखि १५ गतेसम्म हरेक दिन एक जनाले हेलिकप्टरमा गोसाइकुण्ड घुम्न पाउने छन्। 

कुमारी बैंकका ग्राहकले असोज ४ देखि १४ कात्तिकसम्म पहिलोपटक क्यूआर मार्फत भुक्तानी गर्दा ३० प्रतिशत वा बढीमा तीन सय रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ। 

यस्तै, सानिमा बैंकका ग्राहकहरुले असोज १६ गतेदेखि २२ गतेसम्म १० प्रतिशत अर्थात् एक सय रुपैयाँसम्म छुट पाउनेछन्। गरिमा विकास बैंक र एनसीसी बैंक, एनआइसी एशिया बैंकका ग्राहकहरुले असोज ९ गतेदेखि १४ गतेसम्म क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा एक सय रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ। 

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले असोज ७ गतेदेखि १७ गतेसम्म, एभरेष्ट बैंकका ग्राहकले असोज १० देखि १४ गतेसम्म, मेगा बैंकका ग्राहकले असोज ७ देखि १३ गतेसम्म, कामना सेवा विकास बैंकका ग्राहकले असोज ९ गतेदेखि १३ गतेसम्म क्यूआर मार्फत् भुक्तानी गर्दा १० प्रतिशत वा एक सय रुपैयाँ छुट पाउन सक्ने कम्पनीले जनाएको छ। 

आइएमइ पेका ग्राहकले असोज ७ देखि असोज १४ गतेसम्म, प्रभुपेका ग्राहकले असोज ९ देखि १४ असोजसम्म, खल्तीका ग्राहकले असोज ४ देखि २४ असोजसम्म पहिलोपटक क्यूआर गर्दा १० प्रतिशत वा सय रुपैयाँसम्म क्यासब्याक पाउने फोनपेले जनाएको छ। 

यस्तै माछापुच्छ्रे बैंकका ग्राहकले असोज ९ गतेदेखि २० गतेसम्म क्यूआर गर्दा २२ प्रतिशतसम्म क्यासब्याक पाउने आफर फोनपेले सार्वजनिक गरेको छ।  

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाइल नम्बर राखेर कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ।